घाँटी रेटेर महिलाको हत्या गर्न आरोपी पक्राउ
भक्तपुर । घाँटी रेटेर महिलाको हत्या गरेको आरोपमा भक्तपुर प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । फागुन २३ गते जिल्लाको चाँगुनारायण नगरपालिका ७ बागरेस्थित तरकारी खेती बारीमा रहेको टिनको कच्ची टहराभित्र महिलाको लास फेला परेको थियो ।
सोही घटनाको अनुसन्धान गर्दै जाँदा दुई जनालाई बुधबार प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका २ भकुण्डेवेशी स्थायी घर भई हाल भक्तपुर नगरपालिका १० थलाछे बस्ने ४४ वर्षीय रमेश भनिने कुमार लामा र काभ्रेपलान्चोक भुम्लु गाउँपालिका ४ चौबास स्थायी घर भई हाल भक्तपुर नगरपालिका ८ महेश्वरी बस्ने ३८ वर्षीय नवराज रिजाल रहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
परिसरका सूचना अधिकृत राजु पाण्डेका अनुसार निज मृतक महिला काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका ९ नवलडाँडा स्थायी वतन भई हाल भक्तपुर नागपोखरी बस्दै आएकी २८ वर्षीय जेनिशा नगरकोटी रहेको खुलेको जनाए । यसअघि महिलाको पहिचान हुन सकेको थिएन ।
उक्त घटनामा मृतकको चक्कुले घाँटी रेटी हत्या गरेको अनुसन्धानबाट देखिएकोमा संलग्न व्यक्तिलाई खोजतलास गरी पक्राउ गरेको पाण्डेले जनाए । भक्तपुर जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दामा सात दिन म्याद थप गरी उनीहरूमाथि अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
















ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
मनोहरा खोला किनारस्थित सुकुम्वासी बस्तीका घरटहरा हटाउने क्रममा २२ सुरक्षाकर्मी घाइते
१८ सयले घट्यो सुनकाे भाउ, आज ताेलाकाे कति ?
इन्धनको मूल्य बढ्दा सडक निर्माणमा असर
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
यी हुन् मन्त्रिपरिषद् बैठकका ३ निर्णय
प्रतिक्रिया