चिकित्सा शिक्षा स्नातक तहको परीक्षा चैत १८ गतेदेखि

काठमाडौं । चिकित्सा शिक्षा आयोगले स्नातक तहको एकीकृत प्रवेश परीक्षा आगामी चैत १८ गतेदेखि गर्ने भएको छ । आयोगले परीक्षाको समय तालिका सार्वजनिक चैत १८, २० र २१ गते गर्ने जनाएको छ ।
आयोगले एमबीबीएस, बीडीएस, बीएससी नर्सिङ,बीएएसएलपी, बी पर्फ्युजन टेक्नोलोजीको परीक्षा बिहान परीक्षा चैत १८ गते ११ बजेदेखि हुनेछ ।
बीएएमएस, बीएनएस, बीएससी, एमएलटी, बएससी एमआईटी, बी फार्मा, बी अप्टोमेट्रि र बीपीटीको परीक्षा हुने र चैत २१ गते बीपीएचको परीक्षा हुनेछ ।
आयोगले परीक्षा केन्द्र उपत्यकामा मात्रै रहनेसमेत जानकारी गराएको छ । परीक्षार्थीको प्रवेशपत्र परीक्षा दिन पाँचदिन अघि अनलाइनमा उपलब्ध गराउने जनाएको छ ।
परीक्षार्थीले परीक्षा दिन आउँदा प्रवेशपत्रसँगै नागरिकता वा पासपोर्ट (अनलाइन आवेदनमा पेश गरे अनुसार) को सक्कलप्रति समेत ल्याउनुपर्ने समयतालिकामा उल्लेख छ ।
परीक्षार्थीहरू परीक्षा सञ्चालन हुनुभन्दा २ घण्टा अगावै परीक्षा केन्द्रमा उपस्थित हुनुपर्ने र परीक्षा सुरु भएको १५ मिनेटपछि परीक्षाहलमा प्रवेश गर्न नपाउने जनाएको छ ।














पूर्वप्रधानमन्त्री हसिनाको सम्बोधनलाई लिएर बङ्गलादेशद्वारा भारतको आलोचना
नेशनल लाईफको सीईओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी
महावीर पुनको चुनाव चिह्न ‘त्रिभुज’
बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी
प्रतिक्रिया