माधव नेपालसहित १४ सांसदविरुद्धको रिट : पूर्ण सुनुवाईका लागि पेश गर्न सर्वोच्चको आदेश
७ महिनापछि रिटमा सुनुवाई, पूर्ण सुनुवाईको लागि चैत २० गतेलाई तोकियो पेशी

काठमाडौं । नेकपा एमालेले पार्टी छोडेर नेकपा एककिृत समाजवादी बनाएका माधव नेपाल सहितका १४ सांसदविरुद्ध सर्वाेच्चमा दर्ता गरेको रिटमा आज ७ महिनापछि पहलिो सुनुवाई भएको छ ।
न्यायाधीश ईश्वर प्रसाद खतिवडा र कुमार चुँडालको संयुक्त इजलासले एमालेले आफुले निष्कासन गरेका माधव नेपाल सहितका प्रतिनिधिसभाका १४ र लुम्बिनी प्रदेशका दुई सांसदलाई सभामुखले पदमुक्त नगरेको भन्दै रिट सर्वाेच्चमा दर्ता गराएको थियो ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले दायर गरेको रिट करीब ७ महिनापछि आज सर्वाेच्चले अव त्यसु मुद्दालाई पूर्ण सुनुवाइका लागि पेश गर्न आदेश दिएको छ । एमालेले सभामुखले पूर्वाग्रहका आधारमा आफुले निश्कासन गरेका सांसदलाई कारवाही नगरी पार्टी विभाजनमा भूमिका खेलेको भन्दै संसदमा पनि गत भदौं २३ यता निरन्तर अवरोध गदै आएको छ ।
सर्वाेच्चमा न्यायाधीश ईश्वर प्रसाद खतिवडा र कुमार चुँडालको संयुक्त इजलासले सो मुद्दालाई अब फैसलाको लागि पूर्ण सुनुवाई हुने आदेश दिएको हो । पूर्ण सुनुवाईको लागि चैत २० गते आइतबारका दिन पेशी तोकिएको छ ।
ओलीले अन्तरिम आदेश माग गरेपनि पटक पटक सुनुवाईका लागि पेशी तोकिदै मुद्दा धकेलिदै आएको थियो । अब पूर्ण सुनुवाईपछि १४ सांसदको पद कायम रहने वा पदमुक्त हुने टुंगो लाग्नेछ ।
















म्याग्दीमा उज्यालो नेपालले महावीर पुनलाई सघाउने
कान्तिलोकपथ सडकमा ठोक्यिो ट्रक र स्कुटर, एक जनाको मृत्यु
ललितपुरमा दुई लाख ६९ हजार मतदाता, ७४ उम्मेदवार
सर्लाहीमा १५८ मतदानस्थल अतिसंवेदनशील
टीकापुर महोत्सवमा टिकट बिक्रीबाट ५० लाख आम्दानी
भक्तपुरमा पुरानालाई नयाँको चुनौती : महेश बस्नेतसँग भिड्दै राजीव खत्री र दीपशिखा
देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र
प्यूठानमा रास्वपाबाट युवा अर्थशास्त्री सुशान्त वैदिकको उम्मेदवारी दर्ता
विश्वकप तयारी : पहिलो अभ्यास खेलमा श्रीलंकासँग नेपाल पराजित
सुदूरपश्चिममा १६ निर्वाचन क्षेत्रका लागि २१० जनाको उम्मेदवारी
प्रतिक्रिया