माधव नेपालसहित १४ सांसदविरुद्धको रिट : पूर्ण सुनुवाईका लागि पेश गर्न सर्वोच्चको आदेश
७ महिनापछि रिटमा सुनुवाई, पूर्ण सुनुवाईको लागि चैत २० गतेलाई तोकियो पेशी

काठमाडौं । नेकपा एमालेले पार्टी छोडेर नेकपा एककिृत समाजवादी बनाएका माधव नेपाल सहितका १४ सांसदविरुद्ध सर्वाेच्चमा दर्ता गरेको रिटमा आज ७ महिनापछि पहलिो सुनुवाई भएको छ ।
न्यायाधीश ईश्वर प्रसाद खतिवडा र कुमार चुँडालको संयुक्त इजलासले एमालेले आफुले निष्कासन गरेका माधव नेपाल सहितका प्रतिनिधिसभाका १४ र लुम्बिनी प्रदेशका दुई सांसदलाई सभामुखले पदमुक्त नगरेको भन्दै रिट सर्वाेच्चमा दर्ता गराएको थियो ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले दायर गरेको रिट करीब ७ महिनापछि आज सर्वाेच्चले अव त्यसु मुद्दालाई पूर्ण सुनुवाइका लागि पेश गर्न आदेश दिएको छ । एमालेले सभामुखले पूर्वाग्रहका आधारमा आफुले निश्कासन गरेका सांसदलाई कारवाही नगरी पार्टी विभाजनमा भूमिका खेलेको भन्दै संसदमा पनि गत भदौं २३ यता निरन्तर अवरोध गदै आएको छ ।
सर्वाेच्चमा न्यायाधीश ईश्वर प्रसाद खतिवडा र कुमार चुँडालको संयुक्त इजलासले सो मुद्दालाई अब फैसलाको लागि पूर्ण सुनुवाई हुने आदेश दिएको हो । पूर्ण सुनुवाईको लागि चैत २० गते आइतबारका दिन पेशी तोकिएको छ ।
ओलीले अन्तरिम आदेश माग गरेपनि पटक पटक सुनुवाईका लागि पेशी तोकिदै मुद्दा धकेलिदै आएको थियो । अब पूर्ण सुनुवाईपछि १४ सांसदको पद कायम रहने वा पदमुक्त हुने टुंगो लाग्नेछ ।
















सल्यानमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
न्यायिक महोत्सव गर्दै उच्च अदालत जनकपुर
मक्का प्रस्थान गर्ने हज यात्रीको बिदाइ
कोरला नाकामा खानेपानी समस्या समाधान गरिँदै
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया