शनिबार, माघ २६, २०८१

घनश्यामलाई ओलीको प्रश्न : कस्तालाई कम्युनिष्ट मानेर एमालेले मिलिदिनुपर्ने ?

मेरोन्यूज २०७८ चैत १ गते १४:०४

Advertisement
फाइल फोटो

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले आफ्नै पार्टीका नेता घनश्याम भुसालले कम्युनिष्टहरुको एकताका लागि राखेको प्रस्तावको कटाक्ष गरेका छन् । भुसालले आउने स्थानीय चुनाव देखि नै फेरि कम्युनिष्टहरुको एकताको पक्षमा लविङ्ग गदै मंगलबार एक राष्ट्रिय दैनिकमा कम्युनिष्ट पार्टीको भविश्य : एकता वा सर्वनाश शीर्षकमा आलेख लेखेका थिए ।

भुसालले स्थानीय तहको चुनावको मुखमा रहेका बेला कुनै एउटा कम्युनिस्ट पार्टीले कम्युनिस्ट एकताको आवश्यकता र सम्भावना भन्ने विषयलाई बैठकको एजेन्डा बनाएर छलफल सुरु गर्‍यो भने कम्युनिस्ट एकताले आफ्नो बाटो बनाइहालने भनाईसहितको लेख लेखेका थिए ।

त्यसो नगरे कम्युनिष्टहरु सर्वनाशको बाटोमा जाने तिर लक्षित गदै लेखेको लेखलाई एमाले अध्यक्ष ओलीले भुसालको नाम नलिइकनै कटाक्ष गरेका हुन् ।

पर्टी निकट अखिल नेपाल महिला संघको बैठकलाई मंगलबार काठमाडौंमा सम्बोधन गर्दै ओलीले दुईतिहाइको हैसियतमा रहेको कम्युनिष्ट पार्टीलाई फुटाउने कम्युनिष्ट नहुने भन्दै आफ्नो पार्टीको सरकारलाई भोट नदिएर भाग्ने, अन्त गएर भोट हाल्ने, पार्टीलाई भोट हाल्न परे नहाल्ने, प्रतिक्रियावादीलाई परे पछिल्लो ढोकाबाट गएर भोट हाल्ने । यस्तालाई कम्युनिष्ट मानेर एमालेले मिलिदिनुपर्ने ? भनेर भुसालप्रति नै प्रश्न गरेका हुन् ।

‘माधव नेपाल भन्ने गुटलाई भनेको कि एमालेलाई रु एमालेलाई भनेको हो भने यस्तो जिस्काउने कुरा नगर्न म सबैलाई सुझाव दिन्छु, भुसालको नाम नलिइकनै ओलीले भने ।

एमालेका बारेमा कम्युनिष्ट पार्टीहरू मिल्ने कि समाप्त हुने भनेर तथाकथित बुद्धिजिवी त्यसमा कोही कम्युनिष्टको खोल ओढेका पनि लागेको र उनीहरुले निरास बनाइदिन् भन्दै ओलीले त्यसको आलोचना गरेका हुन् । ‘हिजोमात्रै मोहन वैद्यले स्थानीय चुनाव बहिष्कार गर्ने भन्दै थिए । किन बहिष्कार गर्ने भन्दा कहिँ जित्ने नभएर हो । अब त्यो पार्टीसँग मिलेर चुनाव लडेन भने एमाले सिद्धिन्छ रे । एउटा बुद्धिजिवीलाई त्यस्तो लागेछ ।’ ओलीले भने ।

ओलीले राज्यका निकायमा ३३ प्रतिशत महिला सुनिश्चितताको कुरा माओवादीले नभई एमालेले ल्याएको जिकिर समेत गरे। अनेमसंघकी तत्कालीन अध्यक्ष हालका राष्टपति विद्या भण्डारीको प्रस्तावमा कांग्रेस लगायतका दलका प्रतिनिधिहरुले समर्थन गरेर २०६३ जेठ १६ गते संसदबाट ३३ प्रतिशत महिला सुनिश्चितता गर्ने प्रस्ताव पारित भएको ओलीले दावी गरे ।

‘म कतै कतै सुन्ने गर्छु हाम्रो जनयुद्धले गर्दा महिलाको ३३ प्रतिशत पुर्यायौं भन्छन् । तर त्यसको कुनै भूमिका छैन । ३३ प्रतिशतको अवधारण अखिल नेपाल महिला संघले ल्याएको हो । त्यो भनेको एमालेबाट आएको हो । अहिलेको राष्ट्रपतिज्यूको अगुवाईमा २०६२/६३ को जनआन्दोलनपछि पुनस्र्थापित प्रतिनिधिसभाले त्यो निर्णय गरेको हो ।′ ओलीले भने ।

प्रतिक्रिया