काग्रेस उपसभाति गुरुङको पार्टी नेता कार्यकर्तालाई निर्देशन : पार्टीलाई एक ढिक्का बनाउनुस्

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले पार्टीलाई एक ढिक्का बनाएर अगाडि बढ्न पार्टी नेता कार्यकर्तालाई निर्देशन गरेका छन् ।
सुनसरीको रामधुनी नगरपालिका-४ स्थित रामधुनी मन्दिरमा आज नेपाल सांस्कृतिक सङ्घ सुनसरी क्षेत्र नं ४ ले आयोजना गरेको होली मिलन कार्यक्रममा उनले पार्टीको १४औँ महाधिवेशनमा आन्तरिक प्रतिस्पर्धा भए पनि अब एक भएर अगाडि बढ्नुको विकल्प नभएको बताए ।
पार्टी भित्रै गुटगत राजनीति हाबी भएको खण्डमा आउने स्थानीय तहको निर्वाचनमा ठूलो क्षतिको सामना गर्नुपर्ने भएकाले त्यसतर्फ सचेत भएर अगाडि बढ्नका लागि नेता तथा कार्यकर्तालाई उपसभापति गुरुङले निर्देशन दिए ।
स्थानीय तहको निर्वाचनमा पार्टीलाई सबै क्षेत्रमा बुहमत दिलाउने गरी लाग्न सम्पूर्ण नेता तथा कार्यकर्तालाई उहाँले आग्रह गरे । टिकटका लागि राजधानी धाउने कार्य तत्काल बन्द गरेर मतदाताको मन जित्ने गरी गतिविधि गर्नुपर्नेमा उनले जोड दिए।
कार्यक्रममा नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियार, केन्द्रीय सदस्य तथा प्रदेश १ का संसदीय दलका नेता राजीव कोइराला, प्रदेश महामन्त्री उमेश थापा, प्रदेशसभा सदस्य ताहिर मियाँ, नवोदिता चौधरी, युवानेता धिरज भट्टराईलगायत सहभागी थिए ।















हरेक रात आउन थाले हात्तीको बथान, बाहुनडाँगीमा त्रास
नेपालगन्जमा कारको ठक्करबाट बालकको मृत्यु
आजका लागि विदेशी मुद्राको विनिमयदर स्थिर
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
यस्तो छ आज तरकारीको मूल्य
साउदी असहमतिपछि ट्रम्पको नौसैनिक योजना रोकियो
तीन दिनपछि खुल्यो बिपी राजमार्ग
प्रतिक्रिया