महँगियो स्मार्टफोन, चर्चित ब्रान्डले रुसमा आफ्ना उत्पादन बिक्री नगर्ने

एजेन्सी
मस्को, २ चैत
युक्रेनमाथि रुसी हमलाको मूल्य युक्रेनका अतिरिक्त रुसले पनि चुकाएको छ । रुसमा उपभोग्य वस्तुको मूल्य आकाशिएको छ । प्रतिबन्धका कारण वितरण प्रभावित हुँदा स्मार्टफोन र टेलिभिजिनको लागत १० प्रतिशतभन्दा बढेको छ । नाइक, एप्पल, आइकेआ जस्ता मूख्य ब्रान्डले रुसमा आफ्नो उत्पादन बिक्री नगर्ने भएका छन् ।
बैंकिङ प्रणालीमा असर
रुसी वित्तीय संस्थाहरूलाई स्वीफ्ट अन्तर्राष्ट्रिय भुक्तानी प्रणालीबाट हटाइएको छ, जसकारण रुसमा लेनदेन गर्न कठिनाइ भएको छ । एपल, गुगल पे, मास्टरकार्ड, भिसा र अन्यले पनि रुसमा आफ्नो सेवा सीमित गरेका छन् ।
रुसीले लुगा र खानेकुरामा बढी खर्च गर्छन
राज्य सञ्चालित प्रोम्सभ्याज बैंक (पीएसबी)का अनुसार युद्धको संकेत थाहा पाएपछि रुसीहरू विद्युतीय र औषधिजन्य सामाग्री किन्न पसलमा हतारिएका थिए । मार्चको पहिलो साता उनीहरूले लुगा र खानामा बढी खर्च गरेका थिए । प्रतिबन्धका कारण रुसको व्यापार कटौतीपछि उनीहरूले सामानहरू भण्डारण गरेका थिए ।
मुद्रास्फीति र भण्डारणको हतारका कारण एक साधारण रुसीले मार्चको पहिलो साता फेब्रुअरीको औसत तुलनामा २१ प्रतिशत बढी खर्च गरेको पीएसबीले एउटा नोटमा जनाएको छ । क्रेडिट र डेबिट कार्डको विश्लेषणपछि पीएसबीले सो जानाकारी दिएको हो ।
रुसी हमलापछि विद्युतीय सामग्रीको मूल्य ४० प्रतिशतले बढेको छ । फार्मेसी बिक्री २२ प्रतिशत बढेको छ । लुगा, जुत्ता र सुपरमार्केटमा खर्च १६ प्रतिशतले बढेको पीएसबीले जनाएको छ ।













निर्वाचनमार्फत जिम्मेवारी हस्तान्तरण गर्छाैं : गृहमन्त्री अर्याल
जाँचबुझ आयोग अध्यक्षले भने– ओलीलाई बयानमा बाेलाउन पत्र काट्दैछौं
दुर्गा प्रसाईं समूहसँग प्रधानमन्त्री कार्कीको भेटवार्ता
नख्खु कारागारबाट फरार ३० प्रतिशत कैदी सम्पर्कविहीन
नाडाको अध्यक्षमा सुरेन्द्र कुमार उप्रेती निर्विरोध निर्वाचित
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
६४ दलले बुझाए समानुपातिकको बन्द सूची
रास्वपाको प्रि–इलेक्सन : कसले कति पाए मत ?
ग्यास बोकेको ट्याङ्कर दुर्घटना हुँदा पूर्वपश्चिम महेन्द्र राजमार्ग अवरुद्ध
समानुपातिक सूचीलाई अन्तिमरुप दिन रास्वपा केन्द्रीय समितिको बैठक जारी
प्रतिक्रिया