मंगलबार, असोज २९, २०८१

आमरण अनशनमा बसेकी बरालसँग सरकारी टोलीको वार्ता

मेरोन्यूज २०७८ चैत २ गते १९:४९

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणको पहलमा विभिन्न माग राख्दै आमरण अनशनमा बसेकी तारा बरालसँग सरकारी टोलीले वार्ता गरेको छ ।

अनशन स्थलमा पुगेर काठमाडौँका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल, गृहमन्त्रीका प्रशासन तथा शान्ति सुरक्षा मामला विज्ञ सुनिल खनाल र महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक सुदीप गिरीले गरेको वार्ता सकारात्मक भएको काठमाडौँका प्रजिअ रिजालले जानकारी दिए ।

‘वार्ता सकारात्मक भएको छ,’ प्रजिअ रिजालले भने, ‘अब फेरि वार्ता गरेर टुंग्याउँछौँ ।’ मन्त्री खाँणले बरालसँग वार्ता गरी समस्या समाधान गर्ने पहल गर्न निर्देशन दिएका थिए । उनको निर्देशनपछि टोली उनीसँग वार्ता गर्न अनशन स्थलमा पुगेको हो । सरकारी टोलीले बरालको स्वास्थ्य अवस्थाबारे जानकारी दिएको थियो ।

बरालले संसदबाट पास भएको अमेरिकी सहयोग नियोक एमसीसी पूर्ण रूपमा खारेज गर्नु पर्ने, नागरिकता विधेयक पूर्ण रूपमा खारेज गरिनु पर्ने, प्रदेश ३, ४, र ६ लाई भारतसँग व्यापारिक नाका नदिएको कारणले संघीयता पूर्ण रूपले खारेज गर्नु पर्ने, सर्वोच्च अदालतलाई पूर्ण रूपमा तत्काल सुरु गर्नुपर्ने र सर्वोच्च अगाडि महिलामाथित दुव्र्यवहार गर्ने अपशव्द बोल्ने अधिवक्तालाई कारबाही गर्नु पर्ने माग राख्दै आएका थिइन् । उनका मागमध्ये सर्वोच्चको सेवा पूर्ण रुपमा सुरु भइसकेको छ ।

सरकारी वार्ता टोलीले बिहीबार फागु पूर्णिमा भएकाले शुक्रबार पुनः वार्ता गरेर अनशन टुंग्याउने प्रयास गर्ने जनाएको छ ।

प्रतिक्रिया