लुम्बिनी प्रदेशकाे कार्यक्रममा सहभागी हुन प्रचण्ड बुटवलमा

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिहबार बुटवल गएका छन् । पार्टीको लुम्बिनी प्रदेश कमिटीले आयोजना गर्ने कार्यक्रमलाई सम्बोधन गर्न उनी बुटवल गएको प्रमुख स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।
मल्लका अनुसार प्रचण्डले पार्टीका प्रदेशस्तरीय नेताहरूलाई निर्वाचन केन्द्रित अभियान प्रभावकारी ढंगले सञ्चालन गर्न निर्देशन दिनेछन् ।
केन्द्रीय कमिटी बैठक लगत्तै माओवादी केन्द्र निर्वाचन अभियान सुरु गरेको । प्रदेश १ बाट माओवादीले निर्वाचन अभियान सञ्चालन गरेको हो ।
सो क्रममा प्रचण्डले पार्टीलाई पहिलो दल बनाउने गरी निर्वाचन अभियानमा लाग्न पार्टीका नेता तथा कार्यकर्ताहरूलाई निर्देशन दिने गरेका छन् ।
उनले केन्द्रीय कमिटी बैठकमा पार्टी दोस्रो हुने रिपोर्टिङ पाएको जानकारी दिएका थिए । तर, पहिलो हुने गरिको तयारी आवश्यक रहेको भन्दै केन्द्रीय कमिटीका नेताहरूलाई हौस्याइ दिएका दिए ।
















नदीजन्य तथा खानीजन्य पदार्थको उत्खननलाई स्वीकृत मापदण्डबमोजिम गराउन प्रधानमन्त्री कार्यालयको निर्देशन
सुनको मूल्य बढ्यो, प्रतितोला ३ लाख नजिक
‘मानवतामा एकता’ नाराका साथ विश्व रेडक्रस दिवस मनाइँदै
‘हान्टाभाइरस’ प्रकोपबारे डब्ल्यूएचओको चेतावनी, थप केस आउन सक्ने
प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया