सैनिक जवान कटुवालको सम्मानका साथ अन्त्येष्टि

उदयपुर,
गैडाको आक्रमणपछि भाग्ने क्रममा ज्यान गुमाएको सैनिक जवानको उदयपुरको गाईघाटमा सैनिक सलामीका साथ शुक्रबार अन्त्येष्टि गरिएकाे छ ।चितवन वन्यजन्तु राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खड्गदल गणमा कार्यरत नेपाली सेनाका एक जवानको गैंडाको आक्रमणपछि भाग्ने क्रममा दलदलमा डुबेर ज्यान गएको थियो ।
निकुञ्ज सुरक्षार्थ खटिएका खड्ग दल गणको साईली माईली पोष्टमा कार्यरत उदयपुरको त्रियुगा नगरपालिका-११ सिद्धार्थ टोलका गाईघाटका २८ वर्षीय पवन कटुवालको ज्यान गएको थियो ।
मृतक कटुवालको शव त्रियुगा नगरपालिका-१२ स्थित त्रियुगा नदि किनारामा रहेको आर्यघाटमा नेपाली सेनाका टोलीले अन्तिम सलामी दिएका थिए । मृतक कटुवालको शव सैनिक हेलिकोप्टरद्धारा ल्याइएको थियो । श्रद्धान्जली दिन प्रदेश १ सरकारका भौतिक पूर्वाधार विकासमन्त्री हिमाल कार्की, प्रदेश सांसद अम्बिका थापा लगायतको उपस्थित थियो ।
बुधबार राति निकुञ्जमा गस्तीमा निस्किएका कटुवाल एक्कासि गैडासँग जम्का भेट भएपछि गैंडाले आक्रमण गर्दा भाग्ने क्रममा दलदल पोखरीमा डुबेका हुन् । मृतक कटुवालको एक छोरी र श्रीमती छन् ।
















रूस र युक्रेनबीचको आक्रमणमा चार जनाको मृत्यु
२४ घण्टामा ट्राफिक प्रहरीद्वारा दुई हजार ७४६ जना कारबाहीमा
Possibility of rainfall in most urban areas
नेपालगन्ज विमानस्थलमा आजदेखि निःशुल्क ट्रलीबस सेवा सुरु
सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा अभिकर्ता सशक्तिकरण तथा सम्मान कार्यक्रम सम्पन्न
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
बीपी राजमार्गमा आवागमन बन्द, सवारी साधन होल्ड
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
प्रदेश प्रमुख मियाँ र मुख्यमन्त्री शाहबीच भेट
प्रतिक्रिया