पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना बिरामीको भर्ना बन्द
काठमाडौँ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोना संक्रमित बिरामीको भर्ना प्रक्रिया बन्द गरेको छ । कोरोना संक्रमणदर अत्यन्तै न्यून रहेको भन्दै प्रतिष्ठानले अर्को सूचना जारी नभएसम्मका लागि भर्ना प्रक्रिया बन्द गराएको हो ।
यो बीचमा कोही व्यक्तिहरू कोरोना संक्रमणको कारण अस्पतालमा भर्ना हुनु पर्ने अवस्था आएमा संक्रामक तथा सरुवा रोग अस्पताल लेखनाथमा सम्पर्क गर्नु पर्ने छ । कोरोना संक्रमणदर उच्च भएमा पुनः उक्त सेवा सञ्चालन गरिने अस्पताल प्रशासनले जनाएको छ ।
पछिल्लो समय देशभर नै कोरोना संक्रमणदर कम हुँदै गएको छ । जसले गर्दा अन्य स्थानमा पनि कोरोना संक्रमितको उपचार गराउँदै आएका स्वास्थ्य संस्था तथा अस्पतालहरूले सेवा बन्द गराउँदै आएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नै संक्रमणदरको अवस्थालाई हेरेर अन्य नियमित सेवालाई प्रभावकारी बनाउन निर्देशन दिइसकेको छ ।
















लामिछानेविरुद्धको मुद्दामा थप प्रमाण झिकाउन आदेश
पूर्वप्रधानमन्त्री हसिनाको सम्बोधनलाई लिएर बङ्गलादेशद्वारा भारतको आलोचना
बीबीसी ‘भ्वाइस अफ इन्डिया’ का संस्थापक मार्क टुलीको निधन
नेशनल लाईफको सीईओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न
महावीर पुनको चुनाव चिह्न ‘त्रिभुज’
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी
बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी
प्रतिक्रिया