‘माटो जोगाऔँ’ अभियानमा नेपालीको ऐक्यबद्धता
काठमाडौँ । इशा फाउण्डेशनका संस्थापक सद्गुरू जग्गी वासुदेवद्वारा पहल गरिएको ‘सेभ सोइल’ अर्थात् माटो जोगाऔँ नामक विश्वव्यापी अभियानले नृत्य र सांगीतिक प्रस्तुति गरेको छ। बसन्तपुर दरबार क्षेत्रमा करिब तीन सय मानिसहरू भेला भई उक्त कार्यक्रम गरेको हो।
आफूलाई अर्थ–बड्डिज वा भू–मित्र भन्न रुचाउने यी समर्थकहरू, शनिबार साँझ बसन्तपुरमा, नेपालको झण्डा बोकेर ‘माटो जोगाऔँ, अहिल्यै केही गरौँ, आउनुहोस्, यसलाई साकार पारौँ’ जस्ता सन्देश लेखिएका प्लेकार्डहरू बोकी कार्यक्रममा सहभागी भएका थिए।
माटो जोगाऔँ अभियान सद्गुरूद्वारा पहल गरिएको विश्वव्यापी अभियान हो। जसले माटोको विनाशबारे सम्बोधन गरी माटोको स्वास्थ्यलाई पहिल्यैको अवस्थामा फर्काउन विश्वभरिका मानिसहरूलाई एकजुट हुन आह्वान गरेको छ।
यो अभियानको उद्देश्य खेती योग्य माटोमा जैविक पदार्थ बढाउनका लागि सबै राष्ट्रका नेतृत्वकर्तालाई राष्ट्रिय नीति बनाउन कामहरू गर्न सघाउनु हो।
यस अभियानअन्तर्गत, माटो विनाश हुनबाट जोगाउन तत्काल नीतिगत पहलका लागि जनचेतना जगाउन र राजनीतिक सहमति निर्माण गर्न, सद्गुरुले २७ राष्ट्रहरूमा ३० हजार किलोमिटरको एकल मोटरसाइकल यात्रा गर्ने भएका छन्।
उक्त सय दिवसीय यात्रा २१ मार्चमा लण्डनबाट शुरु भई दक्षिणी भारतमा समापन हुनेछ। यस अभियानको मुख्य उद्देश्य ३.५ अर्ब मानिसहरूको समर्थन जुटाउने र सरकारलाई पर्यावरणका लागि दीर्घकालीन नीतिमा लगानी गर्न विश्वास दिलाउनु हो।
अभियानको तयारीका लागि लण्डन पुगिसकेका सद्गुरुको निम्ति लण्डनमा रहेको नेपाली दूतावासले १६ मार्चमा स्वागत कार्यक्रम आयोजना गरिएको थियो। बेलायतका लागि नेपालका राजदूत ज्ञानचन्द्र आचार्यले सद्गुरुलाई उक्त अभियानबारे केही बोलिदिन आग्रह गरेका थिए।
















वाणिज्य बैंकको निष्क्रिय कर्जा ४.५५ प्रतिशत
पूजाको अर्धशतकमा नेपालले जिम्बाबेलाई हरायो,सुपर- ६ मा पुग्ने सम्भावना
दुई हजार एक सय जना एमालेमा प्रवेश
महिला टी-२० विश्वकप ग्लोबल छनोट : नेपाललाई जिम्बाबेले दियो १ सय ३० रनको लक्ष्य
इन्डोनेसियामा पहिरो जाँदा ७ जनाको मृत्यु, दर्जनौं बेपत्ता
टी–२० विश्वकपका खेलस्थल सार्न बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार
महिला विश्वकप ग्लोबल छनोट : नेपालकाे लगातार दोस्रो हार
महिला टी–२० विश्वकप ग्लोबल छनोट : लगातार तेस्रो जितसँगै बंगलादेश सुपर सिक्समा
यस वर्षको एसईई परीक्षा चैत १९ गतेदेखि
ललितपुरका ३ निर्वाचन क्षेत्रमा ७४ जनाको उम्मेदवारी दर्ता
प्रतिक्रिया