क्लवको भवन बनाउने विषयमा झडप, ढुंगा लागेर संघीय सांसद साह घाईते

सर्लाही । सर्लाहीको ईश्वरपुरमा क्लवको घर बनाउने विषयमा भएको झडपमा संघीय सांसद प्रमोद साह घाईते भएका छन् । सांसद साहको टाउकोमा गहिरो चोट लागेको छ ।
शनिबार इश्वरपुर नगरपालिका–६, बयलवास बजारमा दुई पक्षबीच झडप भएको हो । झडपमा दुबै पक्षका स्थानीयबीच ढुंगामुडा भएको थियो । सोही क्रममा ढुंगाले लागेर सर्लाही क्षेत्र नम्बर–१, का सांसद घाईते भएका हुन् ।
उनको बयलवास स्थित अमृत हेल्थकेयर अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ । बयलवासमा रहेको फुलजोर बाबा युवा क्लवको जग्गाको विषयमा केही दिनयता स्थानीय युवाबीच विवाद बढ्दै गएको थियो ।
विवाद उत्कर्षमा पुगेको अवस्थामा सांसद साह घटनास्थल पुगेलगतै झडप भएको ईलाका प्रहरी कार्यलय केश्वरगंजले जनाएको छ । उक्त क्लवको भवन बाटोमा परेको भन्दै केही समय पहिला आधा भत्काइएको थियो ।
सडक छुट्टाएर बाँकी जग्गामा एक पक्षले क्लवको भवन बनाउन खोजेका थिए ।
















पहुँचका भरमा सवारी सुुविधा लिइरहेकाबाट फिर्ता गराइँदै
सीमा निर्धारणमा भएको ढिलाइले बेनीमा सडक आयोजना प्रभावित
गैरीगाउँ क्षेत्रमा अतिक्रमण गरी निर्माण गरिएका सबै घर भत्काइयो
जिफन्टद्वारा नौबुँदे घोषणापत्र सार्वजनिक
नर्सिङ र एचए पढाउने गण्डकी प्रदेश सरकारको तयारी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
यूएईमाथि नेपालको जित, लिग-२ मा चार लगातार हारपछिको विजयले तालिकामा राहत
सरकारी ठेक्काको विवरण हेरफेर आरोपमा थप दुई जना पक्राउ
प्रतिक्रिया