सांसद साहमाथि आक्रमण गरेको अभियोगमा दुई जना पक्राउ
मेरोन्यूज
२०७८ चैत १३ गते १५:३६

काठमाडौँ । प्रतिनिधिसभा सदस्य एवम् जनता समाजवादी पार्टी (जसपा)का प्रमुख सचेतक प्रमोद साहलाई आक्रमण गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् ।
शनिबार बिहान सडक विस्तारको क्रममा परेको फूलजोर युवा क्लबको घर राख्ने कि सार्ने विषयमा विवाद हुँदा दुई समूहबीच झडप भएको थियो । सोही क्रममा सांसद साहमाथि आक्रमण भएको थियो । उनलाई आक्रमण गरेको अभियोगमा ईश्वरपुर नगरपालिका ६ बयलबासका दुई जनालाई पक्राउ गरेको हो ।
सर्लाही प्रहरीले पक्राउ परेकाहरूको नाम गोप्य राखेको छ । ढुंगाले लागेर साहको टाउकोमा गहिरो घाउ लागेको छ । उनलाई थप उपचारका लागि शनिबार दिउँसो हेलिकप्टरबाट काठमाडौं ल्याइएको थियो । उनको मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ ।
सम्बन्धित
















अमेरिकाको ड्यालसमा दूतावास स्थापना भएपछि पहिलोपटक घुम्ती शिविर, २७२ नेपालीले लिए सेवा
जिप सडकबाट खस्दा १२ जना घाइते, चालक भागे
सम्झौता बिपरीतका इँटा प्रयोग गरेपछि प्रशासनिक भवनको पर्खाल भत्काइयो
नारायणगढ–बुटवल सडक विस्तार : सडक सुरक्षाको काम पनि जारी
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
मनोहराका सुकुम्बासी बस्ती भत्काउने काम जारी (तस्बिरहरु)
पेस्तोल र गोलीसहित सालीनदी किनारबाट २ जना पक्राउ
प्रतिक्रिया