निजगढमा रुइत फाउण्डेसनको सहयोगमा दुई दिने मोतिविन्दुकाे शल्यक्रिया शिविर सम्पन्न

काठमाडौं । तिलगंगा आँखा प्रतिष्ठानको आयोजनामा र तेज कोहली एण्ड रुइत फाउण्डेसनको सहयोगमा निजगढ प्राथमिक स्वास्थ्य सेवा केन्द्र, निजगढमा यहि चैत्र १० देखि १२ गतेसम्म निःशुल्क मोतिविन्दु शल्यक्रिया आँखा शिविर सम्पन्न भएका छ ।
जसमा २२०६ जनाको आँखा जाँच तथा उपचारमध्ये ३०५ जनाको मोतिविन्दुको शल्यक्रिया गरिएको छ । निजगढ नगरपालिका र नेपाल आँखा कार्यक्रम, तिलगंगा आँखा प्रतिष्ठानको सहकार्यमा गत फाल्गुण २ गते प्रस्तावित तिलगंगा निजगढ सामुदायिक आँखा अस्पताल भवनको शिलान्यास साथै निजगढ प्राथमिक स्वास्थ्य सेवा केन्द्रमा सामुदायिक आँखा केन्द्रको उद्घाटन पश्चात् नगरपालिका लगायत छिमेकी जिल्लाहरु बारा, पर्सा, रौतहट, मकवानपुर र सर्लाहीमा मोतिविन्दु छनौट शिविरहरु संचालन गरि शल्यक्रिया गरिने बिरामीहरुलाई निजगढ शिविरमा ल्यााइएको थियो ।
शल्यक्रिया शिविरमा प्रतिष्ठानका वरिष्ठ कन्सलटेन्ट नेत्र विशेषज्ञ प्रा.डा. गोविन्द पौड्याल साथै हेटौडा सामुदायकि आँखा अस्पतालका प्रमुख तथा वरिष्ठ नेत्र विशेषज्ञ डा। सुुनिल थकालीको टोली संलग्न रहेको थियो ।
















आज रास्वपाको सचिवालय बैठक बस्दै
भरुवा बन्दुकसहित वडा सदस्य पक्राउ
राष्ट्रपतिद्वारा विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना
अध्यादेश आएसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइदै: को को परे ?
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
हर्क साम्पाङले मागे बालेनको राजिनामा
प्रतिक्रिया