निजगढमा रुइत फाउण्डेसनको सहयोगमा दुई दिने मोतिविन्दुकाे शल्यक्रिया शिविर सम्पन्न

काठमाडौं । तिलगंगा आँखा प्रतिष्ठानको आयोजनामा र तेज कोहली एण्ड रुइत फाउण्डेसनको सहयोगमा निजगढ प्राथमिक स्वास्थ्य सेवा केन्द्र, निजगढमा यहि चैत्र १० देखि १२ गतेसम्म निःशुल्क मोतिविन्दु शल्यक्रिया आँखा शिविर सम्पन्न भएका छ ।
जसमा २२०६ जनाको आँखा जाँच तथा उपचारमध्ये ३०५ जनाको मोतिविन्दुको शल्यक्रिया गरिएको छ । निजगढ नगरपालिका र नेपाल आँखा कार्यक्रम, तिलगंगा आँखा प्रतिष्ठानको सहकार्यमा गत फाल्गुण २ गते प्रस्तावित तिलगंगा निजगढ सामुदायिक आँखा अस्पताल भवनको शिलान्यास साथै निजगढ प्राथमिक स्वास्थ्य सेवा केन्द्रमा सामुदायिक आँखा केन्द्रको उद्घाटन पश्चात् नगरपालिका लगायत छिमेकी जिल्लाहरु बारा, पर्सा, रौतहट, मकवानपुर र सर्लाहीमा मोतिविन्दु छनौट शिविरहरु संचालन गरि शल्यक्रिया गरिने बिरामीहरुलाई निजगढ शिविरमा ल्यााइएको थियो ।
शल्यक्रिया शिविरमा प्रतिष्ठानका वरिष्ठ कन्सलटेन्ट नेत्र विशेषज्ञ प्रा.डा. गोविन्द पौड्याल साथै हेटौडा सामुदायकि आँखा अस्पतालका प्रमुख तथा वरिष्ठ नेत्र विशेषज्ञ डा। सुुनिल थकालीको टोली संलग्न रहेको थियो ।
















लामिछानेविरुद्धको मुद्दामा थप प्रमाण झिकाउन आदेश
पूर्वप्रधानमन्त्री हसिनाको सम्बोधनलाई लिएर बङ्गलादेशद्वारा भारतको आलोचना
बीबीसी ‘भ्वाइस अफ इन्डिया’ का संस्थापक मार्क टुलीको निधन
नेशनल लाईफको सीईओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु
महावीर पुनको चुनाव चिह्न ‘त्रिभुज’
कांग्रेस बदल्यौँ, अब देश बदल्छौँ : सभापति थापा
बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता
प्रतिक्रिया