अमेरिकी राष्ट्रपति कार्यालयका प्रवक्तालाई कोरोना संक्रमण
मेरोन्यूज
२०७८ चैत १४ गते १९:०९

काठमाडौँ । अमेरिकी राष्ट्रपतिको कार्यालयका प्रवक्ता करिन जेन पिएर्रे कोरोना भाइरसबाट संक्रमित भएका छन् । उनलाई कोरोनाको संक्रमण पुष्टि भएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् ।
उनले आफूलाई संक्रमण भएको पुष्टि भए पनि स्वास्थ्यमा कुनै समस्या नभएको स्पष्ट पारेका छन् । ‘मैले अतिरिक्त खोप पनि लगाएकाले होला, मलाई स्वास्थ्यमा कुनै समस्या छैन, सामान्य लक्षण मात्रै देखिएको छ,’ सामाजिक सञ्जालमा उनले लेखेका छन् ।
राष्ट्रपति कार्यालयको यससम्बन्धी नियमअनुसार आफूले कम्तीमा पाँच दिन घरमै आइसोलेसनमा बसेर काम गर्ने उनले स्पष्ट पारेका छन् । ४४ वर्षीया पिएर्रे यसअघि केही महिनाअगाडि पनि कोरोनाबाट संक्रमित भएका थिए ।
सम्बन्धित















लामिछानेविरुद्धको मुद्दामा थप प्रमाण झिकाउन आदेश
पूर्वप्रधानमन्त्री हसिनाको सम्बोधनलाई लिएर बङ्गलादेशद्वारा भारतको आलोचना
नेशनल लाईफको सीईओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु
बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी
महावीर पुनको चुनाव चिह्न ‘त्रिभुज’
प्रतिक्रिया