अमेरिकी राष्ट्रपति कार्यालयका प्रवक्तालाई कोरोना संक्रमण
मेरोन्यूज
२०७८ चैत १४ गते १९:०९

काठमाडौँ । अमेरिकी राष्ट्रपतिको कार्यालयका प्रवक्ता करिन जेन पिएर्रे कोरोना भाइरसबाट संक्रमित भएका छन् । उनलाई कोरोनाको संक्रमण पुष्टि भएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् ।
उनले आफूलाई संक्रमण भएको पुष्टि भए पनि स्वास्थ्यमा कुनै समस्या नभएको स्पष्ट पारेका छन् । ‘मैले अतिरिक्त खोप पनि लगाएकाले होला, मलाई स्वास्थ्यमा कुनै समस्या छैन, सामान्य लक्षण मात्रै देखिएको छ,’ सामाजिक सञ्जालमा उनले लेखेका छन् ।
राष्ट्रपति कार्यालयको यससम्बन्धी नियमअनुसार आफूले कम्तीमा पाँच दिन घरमै आइसोलेसनमा बसेर काम गर्ने उनले स्पष्ट पारेका छन् । ४४ वर्षीया पिएर्रे यसअघि केही महिनाअगाडि पनि कोरोनाबाट संक्रमित भएका थिए ।
सम्बन्धित
















भरुवा बन्दुकसहित वडा सदस्य पक्राउ
राष्ट्रपतिद्वारा विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना
अध्यादेश आएसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइदै: को को परे ?
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
सुनचाँदीको मूल्यमा केही गिरावट
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
प्रतिक्रिया