असन्तुष्ट डीआईजीहरु आज अदालत जाँदै
मेरोन्यूज
२०७८ चैत १५ गते १२:२८

काठमाडौं । नेपाल प्रहरीका तीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा सिफारिस गरेकामा असन्तुष्ट डिआईजीहरु आज अदालत जाने भएका छन् ।
गत चैत १ मा गृह मन्त्रालयको बढुवा सिफारिस समितिले डीआईजीहरु बसन्त पन्त, धिरजप्रताप सिंह र रवीन्द्र धानुकलाई एआईजीमा सिफारिस गरेको थियो । नेपाल प्रहरी ऐन, ०७१ को दफा ४२ मा बढुवा समितिको बढुवा सिफारिसमा चित्त नबुझे सात दिनभित्र पुनरावलोकन समितिउपर उजुरी गर्न सकिने प्रावधान राखिएको छ । सोही अनुसार उनीहरु लोक सेवा आयोगमा उजुरी दिएका थिए ।
विगतमा यादव अधिकारी, पर्शुराम खत्री लगायतका चार डिआइजीले एआइजी बढुवामा अन्याय भएको भन्दै अदालतमा मुद्धा दायर गरेका थिए । सो मुद्धा फैसला हुँदा उनीहरुलाई सरकारले एआइजी बढुवा गर्न बाध्य भएको थियो ।
सम्बन्धित
















आज देशका विभिन्न स्थानमा तीव्र गतिको हावाहुरी चल्ने
पठाइएका कर्मचारीलाई हाजिर गराउन र सरुवा भएकालाई रमाना दिन सामान्यको निर्देशन
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
काठमाडौँ महानगरको निर्देशनपछि बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
सरकारी ठेक्काको विवरण हेरफेर आरोपमा थप दुई जना पक्राउ
पश्चिमी वायुको प्रभाव : आज सातै प्रदेशका विभिन्न स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
प्रतिक्रिया