पाकिस्तानका प्रधानमन्त्री इमरान खानविरुद्ध संसदमा अविश्वासको प्रस्ताव

एजेन्सी । पाकिस्तानका विपक्षी सांसदहरूले प्रधानमन्त्री इमरान खानविरुद्ध संसदमा अविश्वासको प्रस्ताव ल्याएका छन् । खान नेतृत्वको सरकार ढाल्न विपक्षीले अविश्वासको प्रस्ताव ल्याएका हुन् । खान नेतृत्वको सरकारले देशको अर्थतन्त्र अव्यवस्थित गराएको विपक्षीहरुले आरोप लगाउँदै आएका छन् ।
तल्लो सदन नेसनल एसेम्बलीमा बिहीबारबाट अविश्वासको प्रस्तावमाथि बहस सुरु हुनेछ । सात दिनभित्र मतदान हुनेछ । तल्लो सदनमा विपक्षी नेता सहबाज सरिफले सोमबार खानविरुद्ध अविश्वासको प्रस्ताव पेस गरेका थिए ।
‘यस सदनको विश्वास गुमाएपछि प्रधानमन्त्री पद रहनुहुन्न,’ अविश्वास प्रस्तावमाथि बोल्दै शरीफले भने । विपक्षी सांसदहरुको गठबन्धन पाकिस्तान डेमोक्रेटिक मुभमेन्टले खानको गठबन्धनका साझेदारहरूलाई आफ्नो पक्षमा पार्ने प्रयास गरिरहेको छ । गठबन्धनका केही सदस्यहरू खानको विपक्षमा उभिन सक्ने प्राप्त विवरणहरुमा जनाइएको छ ।
३४२ सिट रहेको सदनमा खान सरकारलाई हटाउन आफूहरुलाई आवश्यक १७२ सदस्य रहेका विपक्षीले जनाएका छन् । विपक्षीले केही साताअघि खानविरुद्ध अविश्वासको मत ल्याउने घोषणा गरेपछि राजनीतिक उथलपुथल बढेको छ र सरकार जुन सुकै बेला ढल्न सक्ने खतरा बढेको छ ।
यो खानको राजनीतिक जीवनको सबैभन्दा कठिन चुनौती हो । राजनीतिक संकटबीच खानले राजीनामा दिन सक्ने चर्चा बढेको छ । आफूविरुद्ध अविश्वासको प्रस्ताव पारित हुने भए त्यसअघि नै खानले पदबाट राजनीनमा दिन सक्ने अनुमान गरिएको छ ।
यद्यपी, खानले आफ्नो पाकिस्तान तेहरीक–ए–इन्साफ ९पीटीआई० पार्टी र अन्य राजनीतिक दलहरुको सहयोगमा अविश्वासको प्रस्ताव बिफल पार्ने बताउँदै आएका छन् ।










निर्वाचन आचारसंहिताको मस्यौदा सार्वजनिक
नेपाल ट्रस्टका पूर्वसचिव अर्जुन कार्की पक्राउ
नबिल बैंकद्वारा मास्टरकार्ड डेविट कार्ड जारी, ग्राहकले प्रिमियम सुविधा पाउने
९५७ ग्राम खैरो हिरोइनसहित चार जना पक्राउ
एकीकृत निर्वाचन सुरक्षा योजना स्वीकृत, सेना परिचालन गर्न रक्षा मन्त्रालयलाई पत्र
आज कात्तिक कात्तिक २९ गते शनिबार, कस्ताे रहला तपाइकाे राशिफल ?
सन्तोष परियारले छाडे रास्वपा
आज २०८२ साल कात्तिक २८ गते शुक्रबारको राशिफल
सन्तोष परियारले किन त्यागे रास्वपा ? यस्ताे छ उनकाे राजीनामा पत्र
नेपाली कम्युनिस्ट पार्टीले पायो दल दर्ताको प्रमाणपत्र
प्रतिक्रिया