विपन्न नागरिकलाई औषधि उपचार बापत मासिक ५ हजार उपलब्ध गराउने सरकारको निर्णय
मेरोन्यूज
२०७८ चैत १६ गते १२:१९

काठमाडौं । सरकारले गम्भीर रोग लागेका बिरामीलाई औषधि उपचार बापत मासिक ५ हजार उपलब्ध गराउने निर्णय कार्यान्वयन सुरु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको चैत १३ को मन्त्रीस्तरको सो रकम उपलब्ध गराउन कार्यविधि बनाएसँगै निर्णय कार्यान्वयनको चरण अगाडी बढेको हो ।
कार्यविधि तयार भएसँगै अब मिर्गौला प्रत्यारोपण गरेका, डायलाइसिसका, क्यान्सर र मेरुदण्ड पक्षघातका बिरामीले औषधि उपचारबापत मासिक ५ हजार पाउँने भएका छन् । सरकारले प्रतिस्थापन बजेटमार्फत यी बिरामीलाई रकम दिने समेत जनाएको छ ।
देशभरका ७५३ स्थानीय तहबाट उक्त रकम उपलब्ध गराउन कार्यविधि कार्यान्वयनका लागि मंगलबार अनुरोधसहित पत्राचार गरिएको नीति, योजना तथा अनुगमन महाशाखाकी जनस्वास्थ्य अधिकृत सिमृन काफ्लेले जानकारी दिइन् ।

सम्बन्धित















नेशनल लाईफको सीईओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न
नेकपालाई पहिलो शक्ति बनाउने गरी लाग्न नेता कार्यकर्तालाई प्रचण्डको निर्देशन
सर्लाहीमा शल्यक्रिया लगत्तै किशोरीको मृत्यु, चिकित्सक पक्राउ
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी
बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी
महावीर पुनको चुनाव चिह्न ‘त्रिभुज’
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु
प्रतिक्रिया