विपन्न नागरिकलाई औषधि उपचार बापत मासिक ५ हजार उपलब्ध गराउने सरकारको निर्णय
मेरोन्यूज
२०७८ चैत १६ गते १२:१९

काठमाडौं । सरकारले गम्भीर रोग लागेका बिरामीलाई औषधि उपचार बापत मासिक ५ हजार उपलब्ध गराउने निर्णय कार्यान्वयन सुरु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको चैत १३ को मन्त्रीस्तरको सो रकम उपलब्ध गराउन कार्यविधि बनाएसँगै निर्णय कार्यान्वयनको चरण अगाडी बढेको हो ।
कार्यविधि तयार भएसँगै अब मिर्गौला प्रत्यारोपण गरेका, डायलाइसिसका, क्यान्सर र मेरुदण्ड पक्षघातका बिरामीले औषधि उपचारबापत मासिक ५ हजार पाउँने भएका छन् । सरकारले प्रतिस्थापन बजेटमार्फत यी बिरामीलाई रकम दिने समेत जनाएको छ ।
देशभरका ७५३ स्थानीय तहबाट उक्त रकम उपलब्ध गराउन कार्यविधि कार्यान्वयनका लागि मंगलबार अनुरोधसहित पत्राचार गरिएको नीति, योजना तथा अनुगमन महाशाखाकी जनस्वास्थ्य अधिकृत सिमृन काफ्लेले जानकारी दिइन् ।

सम्बन्धित
















इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
नेपाली दूतावासको आयोजनामा पाकिस्तानमा मनाइयो बुद्ध जयन्ती
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
हर्क साम्पाङले मागे बालेनको राजिनामा
सुनचाँदीको मूल्यमा केही गिरावट
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
प्रतिक्रिया