पल शाहलाई थुनामा राख्नुको कारण माग

काठमाडौँ । उच्च अदालत पोखराले जबर्जस्ती करणीका कारण पुर्पक्षका लागि थुनामा पठाएको अभिनेता पल शाह (पूर्णविक्रम शाह)लाई थुनामा पठाउने आदेश गर्दा प्रमाण लिएका कागजात माग गरेको छ ।
अभिनेता शाहले दिएको निवेदनउपर सुनुवाई गर्दै उच्च अदालतका न्यायाधीश रमेशप्रसाद राजभण्डारीको इजलासले जिल्ला अदालत तनहुँले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गर्दा प्रमाणमा लिएका कागजातको प्रमाणित प्रतिलिपी माग गरेको हो ।
उच्च अदालतका सूचना अधिकारी विष्णुप्रसाद आचार्यका अनुसार राजभण्डारीको इजलासले जिल्ला अदालत तनहुँले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गर्दा प्रमाणमा लिएका कागजातको प्रमाणित प्रतिलिपी माग गरेको हो ।
नाबालिक गायिकालाई बलात्कार गरेको अभियोगमा जिल्ला अदालत तनहुँले अभिनेता शाहलाई १० चैतमा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । सो आदेशविरुद्ध शाहले मंगलबार दिएको निवेदनको बुधबार प्रारम्भिक सुनुवाई भएको हो ।













सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
नेपाल प्रहरीका ४८ एसपीको सरुवा, झापामा बसुन्धरा खड्का
हालसम्म ८९ लाख १७ हजार मतपत्र छपाई सम्पन्न
विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेकामध्ये ८८५ जनाले फिर्ता लिएको देउवा पक्षको दाबी
कांग्रेस फुटेर चुनाव राेकिँदैन : प्रचण्ड
कांग्रेस विशेष महाधिवेशनबारे ओली : ‘सडकमा बहुमत पुर्याएँ भनेर हुन्छ ?’
कांग्रेस देउवा पक्षले आधिकारिकता दाबी गर्दै आयोगमा बुझायो प्रमाण
एमालेले बोलायो केन्द्रीय सचिवालय बैठक
प्रतिक्रिया