एआईजी बढुवा प्रकरण: सरकारको निर्णय विरुद्ध सर्वोच्चमा उजुरी !

काठमाडौं । सरकारले नेपाल प्रहरीको प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवा गर्ने निर्णय गरेको छ । सो निर्णय विरुद्ध प्रहरीकै तिन जना डिआईजी सर्वोच्च अदालत जाने तयारी गरेका छन् ।
सरकारको निर्णय विरुद्ध सिनियर डीआईजीहरू घनश्याम अर्याल, प्रकाशजंग कार्की र ईश्वरबाबु कार्की बढुवाको निर्णयविरुद्ध सर्वोच्च अदालत जान लागेका हुन् ।
आफु भन्दा जुनियर डिआईजीहरुलाई बढुवा गरेको भन्दै सिनियर डिआईजीहरुले सरकारको निर्णय विरुद्ध सर्वोच्च जाने तयारी गरेको एक डिआईजीले मेरोन्यूजसँग बताए । ‘सरकारको निर्णय विरुद्ध हामी सर्वोच्च अदालतमा जान्छौ,हामी आजै जाने तयारीमा छौं ,’ ति डिआईजीले मेरोन्युसँग भने ।
लोक सेवाले उनीहरुको उजुरीमाथिको जानकारी लिखित रुपमै दिएका थिए । चैत १ गते गृहसचिव नेतृत्वको बढुवा सिफारिस समितिले वसन्त पन्त, धीरजप्रताप सिंह र रवीन्द्र धानुकलाई बढुवाका लागि सिफारिस गरेको थियो ।
तर, आफूभन्दा जुनियर डीआईजीद्वय सिंह र धानुकलाई एआईजी बनाउन सिफारिस गरेको भन्दै उनीहरुले बढुवामाथिको उजुरी सुन्ने समितिमा उजुरी दिएका थिए।
उक्त उजुरीमाथि कारबाही गर्दै लोक सेवा आयोगका अध्यक्ष रहेको उजुरी सुन्ने समितिले बढुवा सिफारिस समितिको निर्णयलाई नै सदर गरेको थियो ।














नेपाल प्रहरीका ४८ एसपीको सरुवा, झापामा बसुन्धरा खड्का
हालसम्म ८९ लाख १७ हजार मतपत्र छपाई सम्पन्न
पर्सामा एक सय ६७ मतदानस्थल कायम
विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेकामध्ये ८८५ जनाले फिर्ता लिएको देउवा पक्षको दाबी
कांग्रेस विशेष महाधिवेशनबारे ओली : ‘सडकमा बहुमत पुर्याएँ भनेर हुन्छ ?’
कांग्रेस फुटेर चुनाव राेकिँदैन : प्रचण्ड
कांग्रेस देउवा पक्षले आधिकारिकता दाबी गर्दै आयोगमा बुझायो प्रमाण
एमालेले बोलायो केन्द्रीय सचिवालय बैठक
प्रतिक्रिया