एआईजी बढुवा प्रकरण: सरकारको निर्णय विरुद्ध सर्वोच्चमा उजुरी !

काठमाडौं । सरकारले नेपाल प्रहरीको प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवा गर्ने निर्णय गरेको छ । सो निर्णय विरुद्ध प्रहरीकै तिन जना डिआईजी सर्वोच्च अदालत जाने तयारी गरेका छन् ।
सरकारको निर्णय विरुद्ध सिनियर डीआईजीहरू घनश्याम अर्याल, प्रकाशजंग कार्की र ईश्वरबाबु कार्की बढुवाको निर्णयविरुद्ध सर्वोच्च अदालत जान लागेका हुन् ।
आफु भन्दा जुनियर डिआईजीहरुलाई बढुवा गरेको भन्दै सिनियर डिआईजीहरुले सरकारको निर्णय विरुद्ध सर्वोच्च जाने तयारी गरेको एक डिआईजीले मेरोन्यूजसँग बताए । ‘सरकारको निर्णय विरुद्ध हामी सर्वोच्च अदालतमा जान्छौ,हामी आजै जाने तयारीमा छौं ,’ ति डिआईजीले मेरोन्युसँग भने ।
लोक सेवाले उनीहरुको उजुरीमाथिको जानकारी लिखित रुपमै दिएका थिए । चैत १ गते गृहसचिव नेतृत्वको बढुवा सिफारिस समितिले वसन्त पन्त, धीरजप्रताप सिंह र रवीन्द्र धानुकलाई बढुवाका लागि सिफारिस गरेको थियो ।
तर, आफूभन्दा जुनियर डीआईजीद्वय सिंह र धानुकलाई एआईजी बनाउन सिफारिस गरेको भन्दै उनीहरुले बढुवामाथिको उजुरी सुन्ने समितिमा उजुरी दिएका थिए।
उक्त उजुरीमाथि कारबाही गर्दै लोक सेवा आयोगका अध्यक्ष रहेको उजुरी सुन्ने समितिले बढुवा सिफारिस समितिको निर्णयलाई नै सदर गरेको थियो ।
















रूस र युक्रेनबीचको आक्रमणमा चार जनाको मृत्यु
२४ घण्टामा ट्राफिक प्रहरीद्वारा दुई हजार ७४६ जना कारबाहीमा
Possibility of rainfall in most urban areas
नेपालगन्ज विमानस्थलमा आजदेखि निःशुल्क ट्रलीबस सेवा सुरु
सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा अभिकर्ता सशक्तिकरण तथा सम्मान कार्यक्रम सम्पन्न
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
यूएईमाथि नेपालको जित, लिग-२ मा चार लगातार हारपछिको विजयले तालिकामा राहत
बीपी राजमार्गमा आवागमन बन्द, सवारी साधन होल्ड
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
प्रतिक्रिया