बुधबार, पुष १६, २०८२

शेयर बजार दोहोर अंकले गिरावट

मेरोन्यूज २०७८ चैत १७ गते १५:३७

काठमाडौँ । साताको अन्तिम दिन आज दोहोरो अंक शेयर बजार गिरावट आएको छ । शेयर कारोबार मापक नेप्से परिसूचकका अनुसार आज २३ दशमलव ९५ अंकले घटेर दुई हजार ५४४ दशमलव ३० अंकमा झरेको छ ।

‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ५.७२ अंकले घटेको छ । शेयर कारोबार रकम दुई अर्बभन्दा कममा समेटिएको छ ।

दिनभर भएका ३७ हजार ४२९ कारोबारबाट ३७ लाख ८७ हजार ४५ कित्ता धितोपत्र कारोबार भएको थियो । जसबाट कारोबार रकम एक अर्ब ८९ करोड १ लाख ६४ हजार ६८६ रुपैयाँमा झरेको छ ।

प्रतिक्रिया