सुर्खेतमा करिब एक लाख बालबालिकालाई टाइफाइड खोप लगाइने
काठमाडौँ । सुर्खेतका नौ स्थानीय तहका १५ महिनादेखि १५ वर्षमुनिका ९६ हजार बालबालिकालाई टाइफाइड खोप लगाइने भएको छ ।
जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतद्वारा शनिबार वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा यहाँका ९६ हजार ४६७ बालबालिकालाई टाइफाइड रोगविरुद्धको खोप लगाइने जानकारी दिएको हो ।
कार्यालयका निमित्त प्रमुख गणेशभक्त गौतमका अनुसार देशभरि एक चरणमा यही चैत २५ गतेदेखि आगामी वैशाख १८ गतेभित्र सम्पन्न गर्ने गरी तय भएको मितिअनुसार खोप लगाइने छ ।
कार्यालय प्रमुख गौतमका अनुसार सुर्खेतमा एक लाख ३५ हजार बालबालिकालाई टाइफाइड रोगविरुद्धको खोप लगाउने अनुमान गरिएको छ । ‘खोप अभियानमा लक्षित समूह मुख्यरूपमा ८० प्रतिशत विद्यालय नै रहनेछ,’ उनले भने, ‘हामी सुर्खेतमा पहिलो, दोस्रो र तेस्रो चरण गरेर बालबालिकालाई खोप लगाउने छौँ ।’
नेपालमा १५ वर्षमुनिका बालबालिकामा संक्रमण दर ११ गुणा बढी रहेको जनस्वास्थ्य सेवा कार्यालयका सूचना अधिकारी अमर राना मगरले बताए । बालबालिकामा सरसफाइ र स्वच्छताको कमी हुने भएकाले टाइफाइड रोगबाट बालबालिकामा संक्रमण दर बढी भेटिने गरेको उनको भनाइ थियो ।
















रेशम चौधरीको उम्मेदवारी खारेजीविरुद्ध अन्तरिम आदेश दिन अस्वीकार
कोशीमा रोशनी मेचे राष्ट्रिय सभा सदस्य निर्वाचित
देशभर ‘महिन्द्रा केयरफेस्ट २०८२’ सुरु, आकर्षक छुटका साथै बम्पर उपहारमा इलेक्ट्रिक स्कुटर
राष्ट्रियसभा निर्वाचनः कर्णालीमा १९१ मत खस्यो
सन्तोष परियारले गरे बिहे
महिला टी–२० विश्वकप ग्लोबल छनोट : लगातार तेस्रो जितसँगै बंगलादेश सुपर सिक्समा
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी
बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी
महावीर पुनको चुनाव चिह्न ‘त्रिभुज’
प्रतिक्रिया