कुवेत नेपाल सम्बन्धः सन्देशमूलक सामग्री सार्वजनिक

काठमाडौं । कुवेत र नेपालको सम्बन्धलाई टेवा पुग्ने हेतुले कुवेतस्थित नेपाली राजदुतावासले एक सन्देशमुलक सामग्री सार्वजनिक गरेको छ ।
नेपाल र कुवेत बीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० औ वर्षका सन्दर्भमा नेपाली राजदूतावासको र सिटी ग्रुप कंपनीको सहयोगमा कंपनीका केही बसहरू मार्फत दुई मुलुक बीचको सम्बन्धलाई प्रतिविम्बित गराउने उद्देश्यले सन्देशमुलक सामग्री सार्वजनिक गरेको हो ।
सोमबार एक कार्यक्रम मार्फत दुवै देशका केही महत्वपूर्ण सम्पदाहरू समेत समेटी तयार गरिएको उक्त सामग्री कंपनीका बसहरूका पृष्ठ भागमा अंकित गरिएको छ ।
उक्त कार्यक्रमलाई संबोधन गर्दै राजदूत श्री भण्डारीले नेपाल र कुवेत बीचको मैत्रीपूर्ण सम्बन्ध आगामी दिनमा थप सुदृढ एवं विस्तार हुँदै जाने विश्वास व्यक्त गरे । उनले यो विशेष अवसरमा दूतावासको अनुरोधलाई सहर्ष स्वीकार गरी पुर्याएको सहयोगका लागि सिटी ग्रुप कंपनी व्यवस्थापनलाई विशेष धन्यवाद ज्ञापन गरे ।
कार्यक्रममा संक्षिप्त मन्तव्य राख्दै सिटी ग्रुप कंपनीका प्रमुख कार्यकारी अधिकृतले यो विशेष अवसरमा सहभागी हुन पाएकोमा खुशी व्यक्त गरेका हुन् । नेपाल र कुवेत बीच सन् १९७२ मा स्थापना भएको कूटनीतिक सम्बन्ध सन् २०२२ मा ५० वर्ष पुरा हुँदैछ ।










आज देखि दोस्रो संस्करणको एनपिएल सुरु, पहिलो खेलमा जनकपुर र काठमाडौं भिड्दै
विदेशी मुद्राको विनिमयदर : डलरकाे भाउ कति ?
आज २०८२ साल मंसिर १ गते सोमबारको राशिफल
निर्वाचन आचारसंहिताको मस्यौदा सार्वजनिक
नेपाल ट्रस्टका पूर्वसचिव अर्जुन कार्की पक्राउ
आज कात्तिक कात्तिक २९ गते शनिबार, कस्ताे रहला तपाइकाे राशिफल ?
सन्तोष परियारले छाडे रास्वपा
सन्तोष परियारले किन त्यागे रास्वपा ? यस्ताे छ उनकाे राजीनामा पत्र
नेपाली कम्युनिस्ट पार्टीले पायो दल दर्ताको प्रमाणपत्र
एनपीएलको टिकट बुकिङ खुला, मूल्य ५ सयदेखि २ हजारसम्म
प्रतिक्रिया