कुवेत नेपाल सम्बन्धः सन्देशमूलक सामग्री सार्वजनिक

काठमाडौं । कुवेत र नेपालको सम्बन्धलाई टेवा पुग्ने हेतुले कुवेतस्थित नेपाली राजदुतावासले एक सन्देशमुलक सामग्री सार्वजनिक गरेको छ ।
नेपाल र कुवेत बीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० औ वर्षका सन्दर्भमा नेपाली राजदूतावासको र सिटी ग्रुप कंपनीको सहयोगमा कंपनीका केही बसहरू मार्फत दुई मुलुक बीचको सम्बन्धलाई प्रतिविम्बित गराउने उद्देश्यले सन्देशमुलक सामग्री सार्वजनिक गरेको हो ।
सोमबार एक कार्यक्रम मार्फत दुवै देशका केही महत्वपूर्ण सम्पदाहरू समेत समेटी तयार गरिएको उक्त सामग्री कंपनीका बसहरूका पृष्ठ भागमा अंकित गरिएको छ ।
उक्त कार्यक्रमलाई संबोधन गर्दै राजदूत श्री भण्डारीले नेपाल र कुवेत बीचको मैत्रीपूर्ण सम्बन्ध आगामी दिनमा थप सुदृढ एवं विस्तार हुँदै जाने विश्वास व्यक्त गरे । उनले यो विशेष अवसरमा दूतावासको अनुरोधलाई सहर्ष स्वीकार गरी पुर्याएको सहयोगका लागि सिटी ग्रुप कंपनी व्यवस्थापनलाई विशेष धन्यवाद ज्ञापन गरे ।
कार्यक्रममा संक्षिप्त मन्तव्य राख्दै सिटी ग्रुप कंपनीका प्रमुख कार्यकारी अधिकृतले यो विशेष अवसरमा सहभागी हुन पाएकोमा खुशी व्यक्त गरेका हुन् । नेपाल र कुवेत बीच सन् १९७२ मा स्थापना भएको कूटनीतिक सम्बन्ध सन् २०२२ मा ५० वर्ष पुरा हुँदैछ ।

















निर्वाचनको सम्पूर्ण तयारी पूरा : गृह मन्त्रालय
बाख्रामा ‘पिपीआर’ रोगको सङ्क्रमण पुष्टि
निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने ११ जना नियन्त्रणमा, चार मदिरा पसल सिल
सुनचाँदीकै मूल्यमा व्यापक गिरावट
अमेरिकी युद्धपाेत अब्राहम लिंकनमा क्षेप्यास्त्र प्रहार गरेको इरानी दाबी
खामेनीको मृत्युले विश्व तरंगित
इरानकाे आक्रमणमा तीन अमेरिकी सैनिक मारिए
मतदातालाई ओलीको भिडिओ सन्देश- तपाईंले एउटा बाटो रोज्नुपर्ने बेला आएको छ
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
प्रतिक्रिया