मंगलबार, माघ ६, २०८२

बाँकेमा बसको ढोकाबाट खसेर परिचालकको मृत्यु 

मेरोन्यूज २०७८ चैत २२ गते १७:०९


काठमाडौं।बाँकेको राप्ती सोनारी गाउँपालिका–८ मा मंगलबार बसको ढोकाबाट खसेर परिचालकको मृत्यु भएको छ । 

Advertisement
thakur moters insidethakur moters inside

मृत्यु हुनेमा स्थानीय ४० वर्षीय विनोद आचार्य रहेका छन् । बसको ढोकाबाट खसेर गम्भीर घाइते भएका अचार्यको उपचारको क्रममा कोहलपुर स्थित नेपालगंज मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ । 

काकरभिट्टाबाट सुर्खेततर्फ आउँदै गरेको ना ५ ख ३८३६ नम्बरको बसको ढोकाबाट आज बिहान साढे ११ बजे परिचालक आचार्य अचानक खसेका थिए । 

बस सहित चालकलाई ईलाका प्रहरी कार्यालय बाँके कोहलपुरले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया