शुक्रबार, पुष १८, २०८२

सडक वालवालिकाहरुलाई आश्रय दिने हेटौंडाको मामाघर

एक व्यक्तिको सोचले जन्मिएको सामाजिक संस्था

नरेन्द्र रौले २०७८ चैत २२ गते २१:१९

काठमाडौं । हेटौंडा शहरमा अचेल सडक वालवालिकाहरु भेटिदैनन् । घर छाडेर सडकमा भौतारिदै हिंड्ने, मागेर खाने वालवालिकाहरु देखिन छोडेको धेरै भयो । कतै कोही भेटिए पनि तिनलाई संरक्षण दिन हेटौंडाको ‘मामाघर’ मा राखिन्छ । यो मामिलामा हेटौंडाले नमुना शहरका रुपमा पहिचान बनाएको छ ।

‘मामाघर’ कुनै सरकारी पहलमा खुलेको भने होईन । बरु एक व्यक्तिको सकारात्मक सोच, अठोट र निरन्तरको समपर्णले जन्मिएको हो । उनको त्यो कदममा साथ र सहयोग भने धेरैको छ । यसको कथा थाहा पाउन मकवानपुरका अपर्ण पराजुलीलाई सुन्नु पर्छ ।

कैलाश गाउपालिका ४ मकवानपुरका अपर्णलाई पिएचडी गर्न विदेश जाने ठूलो धोको थियो । निरक्षर बुबा, आमाले स्नातकोत्तरसम्म पढाउन सहयोग गरेपछि उनलाई पिएचडी गर्ने रहर जाग्यो । त्यही रहरले आइएलटिएस गरे । विदेसी विश्वविद्यालयहरुमा भर्नाको लागि एप्लाई पनि गरिसकेका थिए । एकदिन अपर्ण हेटौंडाको बसपार्क घुमिरहेका थिए । उनको नजर सडक वालवालिकाहरुमाथि प¥यो । ति अबोध वालवालिकाहरु पेट भर्नकै लागि संघर्ष गरिरहेका भेटिए ।

‘दाई, मम दिनु न ।’ पेट भर्नका लागि उनीहरु अरुलाई बिन्ती बिसाउ“थे । तर, स्थानियले सडक वालवालिकालाई मम हैन पिटिदिन्थे, लखेटिदिन्थे । त्यहा“बाट धपाइदिन्थे । ‘सडक वालवालिका अरुले खाएर फ्यालेका प्लेट चाटेर बस्थे ।’ अपर्ण ति दिन सम्झिन्छन्, ‘पोलिथिनको झोला लिएर होटलवालाले फालेको खानेकुरा टिप्थे ।’

यस्तो दृश्य देखेपछि अपर्णलाई रातभर निद्रा लागेन । उनको मनमा अनेकौं प्रश्न खेलिरहे । वाल अधिकार कहा“ छ ? सामाजिक न्याय कहा“ छ ? म आफूलाई सभ्य समाजको नागरिक कसरी भन्न सक्छु ? भोली गएर उनीहरुलाई मम खुवाउ“छु ।
भोलीपल्ट बसपार्क पुगेर अपर्णले सडक वालवालिकाहरुलाई मम खान बोलाए । तर, कोही पनि नजिक आएनन् । हातमा मम लिएर निकै प्रयास गरेपछि मात्र बल्ल ६÷७ जना आए । भोलीपल्ट त्यही कर्म दोहो¥याए । हिजो भन्दा केही बढी भेला भए । दिनहु दोब्बर संख्यामा उनीहरु थपिए । अपर्णलाई विस्तारै लाग्यो, अब यिनिहरुका लागि केही गर्नुपर्छ । एउटा बगैंचामा लगेर उनले ति वालवालिकाहरुलाई राखे । ‘तिमीहरु सबैले आ–आफ्नो परिचय देउ ।’ अपर्णले उनीहरुलाई सोधे । तर, परिचय भनेको के हो ? कसैले बुझेनन् ।

मकवानपुरका अपर्ण पराजुली

त्यहा“ सडक वालवालिकाहरुका तीन वटा ग्रुप थिए । कोब्रा, भ्यान्टे, विच्छु । हरेकका आ–आफ्नै क्षेत्र । एकले अर्काको क्षेत्रमा जान नपाईने रहेछ । समुहका नेता चाहि प्रशान्त ढकाल रहेछन् । सुरुमा अपर्णले आफ्नै परिचय दिए । पराजुली भन्ने थाहा पाएपछि ढकालले ‘मामा’ भनेर सम्बोधन गरे ।

अपर्ण नजानिदो तरिकाले सडक वालवालिकाप्रति जिज्ञासु बन्दै गए । सडक वालवालिकामाथि नै अध्ययन, अनुसन्धान गर्न कस्सिएका उनले ५२ दिन हेटौंडाका सडकमा निस्के । त्यतिमा उनी रोकिएनन् । भैरहवा, बुटवल, नारायणगढ पुगे । ठमेलका सडकमै सडक वालवालिकास“गै ८ रात बिताए । पूरै अनुसन्धान गर्न तीन महिना लाग्यो । यसैमाथि उनले स्नातकोत्तरको थेसिस लेखे । हेटौंडा नगरपालिकामा उनले त्यो रिसर्च पेपर बुझाए । र, डेढ, दुई सय जनाको उपस्थिीतिमा सडक वालवालिकामाथि लेखिएको कार्यपत्र पनि प्रस्तुत गरे । ‘पेट भर्नका लागि उनीहरु जे पनि गर्न तयार छन् । यो समस्या व्यवस्थापन गरौं भन्ने कुरा राखें ।’ उनले सुनाए ।

त्यसबेला मकवानपुरका प्रमुख जिल्ला अधिकारी दिनेश भट्टराई थिए । नगर प्रमुख र सिडिओ अपर्णको कुरामा सहमत भए । सुरुमा नगरपालिकाले एक लाख रुपैंया“ दिएर सहयोग ग¥यो । ९ वर्ष घर भाडा तिरिदियो । सबैले सडक वालवालिका राख्ने घरको नाम ‘मामाघर’ नै राख्न सुझाए ।

चौध जना वच्चा राखेर ०६८ कात्तिक २७ मा सुरु भयो मामाघर । सडकमा भौतारिने वालवालिकाहरु विस्तारै सामाजिकिकरण भए । स्थानिय भुटनदेवी माविले निःशुल्क रुपमा कक्षा १२ सम्म पढाउने व्यवस्था मिलायो । मकवानपुर कलिउड कला केन्द्रले नृत्य सिकाईदियो । अन्य संस्थाले फुट्बल, हक्की, क्रिकेट सिकाइदिए । बिभिन्न व्यक्तिहरुको सहयोगले मामाघर चल्यो ।

एक व्यक्ति–एक इट्टाले बनेको मामाघर
एक व्यक्तिको पहलमा सूरु भएको मामाघर अहिले भव्य र व्यवस्थित बनेको छ । हेटौंडाका समाजसेवी सिद्धिलाल श्रेष्ठले हेटौंडा ११ मा पर्ने आफ्नो २ कठ्ठा चौध धुर मामाघरको आफ्नै भवन बनाउन दान गरे । करोडौं रुपैया पर्ने जग्गा सिद्धिलालले दान गरेपछि अपर्णमा झन् उत्साह छायो । अब चुनौती थियो, मामाघरको आफ्नै भवन बनाउनु । लक्ष्यमा पुग्ने अठोट भएपछि आफै सोच जन्मिने रहेछ । अपर्णले एक व्यक्ति–एक इट्टाको घोषणा गरे । यो अभियान भव्य रुपमा सफल भयो ।

आमा समुह, सहकारी, लायन्स क्लब, जेसिज क्लब लगायत मनकारी जनताहरुको सहयोगले अहिले सुविधा सम्पन्न भवन बनेको छ । जहा“ २१ वटा कोठा छन् । किचेन छ । १२ वटा ट्वाइलेट्, बाथ रुम छन् । आफ्नै लाइब्रेरी र स्टोर रुम छ । गेस्ट रुम र मिटिङ हल छ । २ करोड रुपैंया“ बराबरको आफ्नै भवन ठडिएको छ ।

अहिले सम्म मामाघरले १ सय ९८ जना सडक वालवालिकाहरुलाई आश्रय दिईसकेको छ । तिमध्ये १ सय ३८ जनालाई आफन्त खोजेर पुनःस्थापना गरिसकिएको छ भने बा“की मामाघरमै बस्छन् । मामाघरको कुनै खास स्पोन्सर छैन । ‘कसैले जन्मदिन, कसैले वैवाहिक वार्षिकोत्सब जस्ता कार्यक्रमहरु यहीं मनाउ“छन् ।’ अपर्णले सुनाए ‘कुनै दिन भोकै बस्नु परेको छैन । संघ, संस्थाले प िनयतै वार्षिकोत्सब मनाउ“छन् । ’ नगरपालिकाले व्यवस्थापनका लागि वार्षिक रुपमा दुई लाख रुपैंया“ दिदै आएको छ ।

अपर्णले सन् २०१९ मा पिएचडी भर्ना गरे । घरवारविहिन मानव व्यवस्थापन विषयमा उनको शोध सकिनै लाग्यो । मामाघरमा उनले हुर्काएका, पढाएका सडक वालवालिकाहरु अहिले खेलकुद, ड्राइभिङ, पलम्बर, इलेक्ट्रिसियन, कपाल काट्ने पेशाका लागि विदेश पुगेका छन् । कतिले स्वदेशमा राम्रो काम गरिरहेका छन् ।

वाल अधिकारका क्षेत्रमा समस्या उत्तिकै
अपर्णको बुझाईमा नेपालमा सेवाका नाममा ९९ प्रतिशले व्यापार गरिरहेका छन् । हामी सहयोग गर्छौं भनेर उनलाई पनि थुप्रै व्यक्ति र संस्थाहरु आए । तर, सहयोग भने कसैले गरेनन् । ‘हामी सेवाभावले काम गर्ने, अरु व्यापार गर्ने नियतले आउने रहेछन् ।’ उनले आफ्नो तीतो अनुभब सुनाए, ‘सहयोग गर्नेहरुले बिभिन्न शर्तहरु राखे । कोही धर्म परिवर्तन गर्नु पर्छ भन्ने, कोही आर्थिक लाभको हिसाबकिताब माग्नेहरु भेटिए ।’

अपर्णले दस वर्षसम्म मामाघरमा भोलुन्टियर गरे । यो एक दशकसम्म उनले संस्थाको चिया समेत पिएनन् । अहिले पानी, कालो चिया पिउ“छन् । कोही पाहुना आउदा स“गै बसेर खाना खान्छन् । कतैबाट आर्थिक सहयोग हात परेमा तुरुन्त अफिसमा हस्तान्तरण गरिहाल्छन् । एक वर्ष उनी अफिस नछिर्दा पनि सिस्टममा चल्ने भईसकेको छ । आफू व्यवस्थापक, संस्थापक र अध्यक्ष मात्र भएको उनी स्वीकार्छन् । सहयोग त अरुले गरेका हुन् । आफू माध्यम मात्र भएको बताउ“छन् ।

अरुकै भलाईमा समर्पित जीवन
मकवानपुरको कैलाश गाउपालिका हेटौंडाबाट १७ किलोमिटर टाढा छ । त्यस दुर्गम क्षेत्रमा अझै पनि गाडी नदेखेका मानिसहरु छन् । यसो भन्दा अझै कतिलाई पत्यार नलाग्न सक्छ । माझि, दनुवार, तामाङ बस्तिमा क्षेत्री, बाहुनहरुको पनि बसोबास छ । त्यही गाउमा अपर्ण हुर्के, बढे । निरक्षर बुबा, आमाले स्नातकोत्तरसम्म पढाएपछि उनलाई अझै पढ्नुपर्छ भन्ने हौसला जाग्यो । तर, पिएचडी गर्न विदेश जान खोजेका अपर्णकोे जीवनको बाटो नै मोडियो । उनले सडक वालवालिकाहरुको सेवामा आफ्नो जीवन समर्पित गरे । मामाघरको जग बसाले । अहिले आफ्नै भवन खडा गरे । हेटौंडा क्याम्पसमा सहायक प्रमुखको पनि जिम्मेवारीमा रहेका उनी निकै खुसी छन् । अचेल उनले बिभिन्न स्कुल, कलेज, सहकारीहरुमा मोटिभेश्नल स्पिच दिन्छन् । रिपोर्ट राइटिङ, रिसर्च राइटिङ, प्रपोजल राइटिङ र इम्पावरमेन्टबारे प्रस्तुती दिन्छन् ।

अपर्णको काम देखेर हेटौंडा नगरपालिका लगायत अन्य बिभिन्न पालिकाहरुले सम्मान प्रदान गरेका छन् । जिल्ला समन्वय समिति, बाग्मति प्रदेश सरकार, युवा तथा खेलकुद मन्त्रालयबाट सामाजिक हिरो, अन्तर्राष्ट्रिय शान्ति दुत जस्ता दर्जनौं सम्मान प्राप्त गरेका छन् । एक व्यक्तिले चाह्यो भने समाज कसरी परिवर्तन गर्न सकिन्छ भन्ने कुराको उदाहरण बनेका छन् उनी । जीवनको उपलब्धि के हो ? उनले प्रश्न गरे । ‘जग्गाको लालपुर्जा, ठूलो घर, राम्रो गाडी, गरगहना खोज्नु भन्दा घर बाहिर निस्कदा शिर ठाडो पारेर हिंड्न सक्नु ठूलो कुरा हो ।’ उनी आफैले जवाफ दिए ।

उनी दार्शनिक जस्तै सुनिए–हृदयमा पुण्य जम्मा गरेको छ भने अनुहारमा चमक आफै आउ“छ । जुनै ब्राण्डको क्रिम लगाए पनि त्यसलाई जितिदिन्छ । उनी जीवन, दर्शन, कर्म र त्यसको फलप्रति स्पष्ट छन् । ‘जीवनको कमाई के हो ?’ उनलाई सोधियो ।

मकवानपुरका अपर्ण पराजुली

‘जीवनको कमाई सन्तुष्टि हो ।’ उनले एकछिन पनि नरोकिई जवाफ दिए ‘जीवनभरी लालपुर्जा, घर, गाडी, खोज्यो, तर अन्त्य भने ऐलानी जग्गामा हुन्छ ।’ कुराकानीलाई टुंग्याउने बेला उनले थपे, ‘आफूले खा“दा पेट भरिन्छ । अरुलाई खुवाउ“दा आत्मा भरिन्छ ।’ अरुको सत्कर्मका लागि जीवन नै अपर्ण गर्ने अपर्णहरुलाई सलाम १

प्रतिक्रिया