डाक्टर मृत्यु प्रकारण : दोषीलाई कडाभन्दा कडा कार्वाही नगरे आन्दोलन गछौं

सप्तरी । सप्तरीको विष्णपुर गाउँपालिका (खुरुहुरिया) यदुनन्दन यादवका छोरा डा. विजय यादवको हत्याको घटनाको छानबिन गरि दोषीलाई तत्काल कारबाहीको माग गर्दै सप्तरीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम मार्फत गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको छ ।
मंगलबार सप्तरीबासीले गौतममार्फत गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाएका हुन् । अर्थोपेडिक ३१ वर्षिया डा. यादव बिराटनगर स्थित नोबेल अस्पतालमा ३ वर्ष देखि कार्यरत थिए ।
हाडजोर्नीमा गुणस्तरीय स्टिल प्रयोग गर्नुपर्ने बिषयमा अस्पताल भित्रैका केही डा.संग बिवाद रहेको आपसी रिसिवीको कारण हत्या गरिएको हुन सक्ने आशंका रहेकाले जाँच गर्न ज्ञापनपत्रमा माग गरेको छ ।
घटनाको उच्चस्तरीय छानबिन गरि दोषीलाई कडाभन्दा कडा कार्वाही नगरे सप्तरीवासी चरणबद्ध आन्दोलनमा उत्रिने ज्ञापन पत्रमा बताईएको छ।
अस्पतालको छेउमै डेरा गरि बस्दै आएका यादवको २०७८ साल चैत १८ गते राति हत्या गरेर बस्तै आएको डेराको गेट शव राखिएको अबस्थामा शनिबार बिहान भेटिएको थियो ।
शवको नाक र मुखबाट रगत बगेको ,शरिरमा चोटपटक लागेको, एउटा खुट्टामा चप्पल लगाएको,अर्को खाली खुट्टा रहेको थियो।शव नजिकै लाईटर र महिलाले लगाउने चप्पल भेटिएकोले हत्या गरिएको हुनसक्ने प्रहरीले अनुमान समेत गरेको थियो ।















मधेसका पूर्वमुख्यमन्त्री सिंहले दिए प्रदेशसभा सदस्यबाट राजीनामा
स्पेनमा २ रेल ठोक्किँदा कम्तीमा २१ जनाको मृत्यु
PM Karki extends best wishes on Sonam Lhosar
कांग्रेस विशेष महाधिवेशनबारे ओली : ‘सडकमा बहुमत पुर्याएँ भनेर हुन्छ ?’
कांग्रेस फुटेर चुनाव राेकिँदैन : प्रचण्ड
एमालेले बोलायो केन्द्रीय सचिवालय बैठक
पूर्णबहादुरकाे चेतावनी – आयोगले गगन समूहलाई मान्यता दिए देशभर आन्दोलन गर्छाैं
निर्वाचन आयोगको षडयन्त्रपूर्ण निर्णय खारेज गर्छौं : पूर्णबहादुर खड्का
प्रतिक्रिया