एक लाख घुससहित नापी कार्यालयका दुई कर्मचारी पक्राउ
मेरोन्यूज
२०७८ चैत २३ गते १२:५४

काठमाडौं । एक लाख घुससहित नापी कार्यालयका दुई कर्मचारी पक्राउ परेका छन् ।
मंगलबार नापी कार्यालय, चावहिल अन्तर्गतको १ नं नापी टोली, बुढानीलकण्ठमा कार्यरत सर्भेक्षक बिनोद के.सी र अमिन प्रकाशराज भट्टलाई १ लाख रुपैयाँ घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नियन्त्रणमा लिएको हो ।
केसी र भट्टले जग्गाको हालसाविक गर्ने क्रममा सेवाग्राहीसँग घुस माग गरेको भन्ने सूचनाका आधारमा अख्तियारबाट खटिई गएको टोलीले १ लाख रुपैयाँ लिइसकेको अवस्थामा सोमबार उनीहरुलाई नियन्त्रणमा लिएको छ । उक्त घुस रकमसहित ललितपुर महानगरपालिका वडा नं.५, लगनखेल, महालक्ष्मी मार्गबाट नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
सम्बन्धित














बागलुङमा जनमोर्चा र नेकपाबीच तालमेलगर्ने सहमति
कुलमान घिसिङ काठमाडौं- ३ बाट उम्मेदवार बन्ने
सिरहामा ५३१ मतदान केन्द्र कायम, चार लाख ५३ हजार मतदाता
एमालेबाट काठमाडौँ क्षेत्र नं ५ मा ईश्वर पोखरेल उम्मेदवार
नेपाली अलराउन्डर क्रिकेट खेलाडी गुलशन झालाई एस जिको एकवर्षे प्रायोजन
टी-२० विश्वकप खेल्न जाने नेपाली पुरुष क्रिकेट टिमको बिदाइ
प्रधानमन्त्री कप पुरुष क्रिकेट छनोट प्रतियोगिता सुरु
अमेरिकन डलरको मूल्य बढ्यो, आज कतिमा हुँदैछ काराेबार ?
प्रतिक्रिया