रेडमि नोट ११ एस र रेडमि नोट ११ प्रो ५जि नेपाली बजारमा

काठमाडौँ । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले रेडमि नोट ११ एस्, र रेडमि नोट ११ प्रो ५न् नेपालमा लन्च गरेको छ । हरेक वर्ष एकसेएक नयाँँ प्रविधि र फिचरहरु भएको फोन बजारमा ल्याउन सबैभन्दा अगाडि रहेको शाओमीले अझै पावरफुल अपग्रेड सहित यी नयाँँ फोनहरु बजारमा ल्याएको हो । शाओमीले यी फोनहरुको क्यामरा सिस्टम, चार्जिङ स्पिड, डिस्प्ले, र एस ओ सि मा उल्लेखनीय सुधार गरेर फ्ल्यागशिप फोनको उपलब्धतालाई झनै सहज बनाएको छ ।
लन्चको बारेमा बोल्दै शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर श्री अमित पंडाज्युले भन्नुभयो, “हामीले जुनै पनि नयाँँ काम गर्दा हाम्रा उपभोक्ताहरुको रोजाइ र चाहनालाई ध्यानमा राखेर गर्ने गर्दछौँ । त्यसैले हामी प्रविधिलाई सकेसम्म धेरै भन्दा धेरै मानिसहरु सम्म सहज रुपमा पु¥याउन चाहन्छौँ । हामीले अहिले लन्च गरेको रेडमि नोट ११ एस र रेडमि नोट ११ प्रो ५न् ले फ्ल्यागशिप लेभलको प्रविधिलाई अझै धेरै पहुँचयोग्य बनाउँदै इन्डस्ट्री स्ट्यान्डर्डलाई अझ बढाएको छ र प्रविधिलाई सुलभ मुल्यमा सर्वसाधारणसम्म पुर्याउने हाम्रो मुल मान्यतालाई साकार बनाएको छ। रेडमि नोट ११ प्रोमा Snapdragon ® 695 र रेडमि नोट ११ एस् मा मिडियाटेक हेलियो प्रोसेसर रहेको छ । हाम्रो विरासतलाई कायम राख्दै यी गेम चेन्जर फोनहरुले स्टनिङ क्यामराको साथ स्याभेज पर्फर्मेन्स दिन्छन् । यि दुइटै फोनहरुमा ५००० mAH को उच्च क्षमताको ब्याट्रि राखिएको छ ।
उत्कृष्ट फोटोग्राफिको लागि फ्ल्यागशिप लेभलको क्यामरा
१०८ एमपिको प्राइमरी सेन्सर भएको यी फोनहरुमा जिवन्त र हाइ रेजोलुसनको तस्बिरहरु लिन मिल्छ । साथै यसमा भएको ८ एमपिको अल्ट्रा वाइड एङल क्यामराले ११८ डिग्रीसम्मको फोटो लिनुको साथै २ एमपिको म्याक्रो क्यामराले नजिकबाट फाइन डिटेल लिन सक्छ । साथै यसको २ एमपि डेप्थले पोर्ट्रेट फोटोहरुमा नेचुरल बोके इफेक्ट दिन्छ । १/१.५२ को सामसँग HM2 सेन्सर, ९ इन १ पिक्सेल बिनिङ टेक्नोलोजी र डुअल नेटिभ आइएसओ भएको यसको मेन क्यामराले मधुरो प्रकाशमा पनि उच्च गुणस्तरीय तस्विरहरु लिन सक्छ। यसको अगाडि भएको १६ एमपिको क्यामराले क्लियर र नेचुरल सेल्फीहरु लिन सक्छ।
FHD± AMOLED DotDisplay, 120Hz को रिफ्रेस रेट र ट्रेण्डी फ्ल्याट एज बडी
120Hz को रिफ्रेस रेट र 360Hz सम्मको टच स्याम्प्लिङ् रेट भएको रेडमि नोट ११ एस् र रेडमि नोट ११ प्रो ५G को ल्याग फ्री ट्रान्जिसन, स्मुथ एनिमसन र प्रेसाइज फिङर टचले प्रयोगकर्ताहरुलाई राम्रो स्क्रिन एक्स्पेरिएन्स दिन्छ। यी २ वटै फोनमा DCI–P3 वाइड कलर गेमुट सहितको FHD± AMOLED डट डिस्प्ले रहेको छ जसमा जिवन्त रङहरु र राम्रो डिटेलहरु देख्न सकिन्छ साथै १२०० निटको स्क्रिन ब्राइटनेस भएकोले उज्यालो प्रकाशमा पनि स्क्रिन क्लियर देख्न सकिन्छ । ट्रेन्डी फ्ल्याट एज बडी डिजाइन र आकर्षक डिस्प्ले भएको यी फोनहरुमा २ वटा लिनियर स्पिकरहरु छन् जसले भिडियोहरु हेर्दा र गेम खेल्दा इमर्सिभ स्टेरियो साउन्डको अनुभव दिन्छन् ।
पावर र स्पिडको जोडदार संयोजन
पावरफुल पर्फर्मेन्सको लागि रेडमि नोट ११ प्रो ५G मा अड्भान्स्ड अक्टा कोर Snapdragon® 695 प्रोसेसर प्रयोग गरिएको छ । यस्तै रेडमि नोट ११ एस् फ्ल्यागशिप लेभल टल: टेक्नोलोजी, २.२ गिगाहर्ज सम्मको क्लक स्पिड, अड्भान्स्ड अक्टा कोर मिडियाटेक हेलियो न्ढट प्रोसेसर, ८ जिबि RAM र ५G सपोर्ट गर्ने चिपसेट सहित आउँछ । साथै यो दुइवटै डिभाइसमा ५००० एमएएचको ब्याट्रि रहेको छ । रेडमि नोट ११ प्रो ५न् मा भएको फ्ल्यागशिप ६७ वाटको टर्बो चार्जिङले १५ मिनेटमै ५०% सम्म ब्याट्रि चार्ज गर्न सक्छ भने रेडमि नोट ११ एस् मा ३३ वाटको प्रो फास्ट चार्जिङ छ जसले एक घण्टामै ब्याट्रि फुल चार्ज गर्न सक्छ ।
बजारमा उपलब्धता
रेडमि नोट ११ एस पोलार व्हाइट, होराइजन ब्लु, र स्पेस ब्ल्याकमा उपलब्ध छ भने रेडमि नोट ११ प्रो ५न् ग्रेफाइट ग्रे, पोलर व्हाइट र एट्लान्टिक ब्लुमा उपलब्ध छ । यी दुइवटै फोनहरु ६ जिबि+१२८ जिबि र ८जिबि + १२८ जिबिको स्टोरजमा नेपाल भरीका अनलाइन र रिटेलमा चैत्र २७ देखि उपलब्ध हुनेछन् ।रेडमि नोट ११ एस र रेडमि नोट ११ प्रो ५G को मुल्य नेपाली बजारमा ‘यस प्रकार रहेको छ ।
रेडमि नोट ११ एस
जिबि+१२८ जिबि– रु २९,९९९/-
८जिबि + १२८ – रु ३१,९९९/-
रेडमि नोट ११ प्रो ५G
६जिबि+१२८ जिबि– रु ३६,९९९/-
८जिबि + १२८ जबि – रु ३९,९९९/-













हामीले आफ्ना कमीकमजोरी पहिचान गरी सुधार्नुपर्छ : प्रचण्ड
विगतका कमजोरीबाट सिकेर मुलुकको समृद्धिमा लागौँ : माधव नेपाल
निजी क्षेत्रको मनोबल कमजाेर छ, ढुक्क भएर लगानी गर्ने वातावरण बनाउनुपर्छ : अध्यक्ष ढकाल
ऐतिहासिक सिन्धुलीगढीले पर्यटकको मन लोभ्याउँदै
राष्ट्रियसभाको निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना
एनएसजेएफ पल्सर स्पोट्र्स अवार्डको नयाँ मिति घोषणा, पावर्ड बाईमा यती एयरलाइन्स
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
कुलमानको उज्यालो नेपाल र प्रलोपाबीच एकता हुँदै
एमाले सचिवालय बैठकः समानुपातिकतर्फको बन्दसूची आयोगमा बुझाउने निर्णय
पुस १४ गते साेमवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया