वीर अस्पतालको खरिद शाखामा डम्बरु समुहको आतंक !

काठमाडौं । विगतमा भ्रष्टचारको दलदलमा फसेको वीर अस्पतालमा केही सुधारका लक्ष्ण देखिए पनि पुन केही व्यक्तिहरुको निहीत स्वार्थले पुनः बिग्रन थालेको छ ।
वीरमा सरुवा भएर आएका शाखा अधिकृत डमरु दाहालको निजी स्वार्थका कारण सर्जिकल भवन सञ्चालन , दुवाकोट परियोजना शुरु ,नयाँ सेवाहरु थपसहित सुधारउन्मुख हुँदै गएको वीर पुन बिग्रन थालेको स्रोत बताउँछ । रोशी गाउँपालिका काभ्रेमा भ्रष्टाचारको आरोप लागेपछि सरुवा भएर आएका दाहाल वीर अस्पतालमा मेडिकल माफियाकै योजना बमोजिम सिधै खरिद एकाईमा सरुवा भई आएको स्रोतले बताउँछ ।
वीर अस्पतालको प्रशासनमा वर्षौं काम गरेपछि मात्रै खरिद शाखामा काम गर्न पाइने व्यवस्था छ । तर दाहाल सरुवा हुनेबित्तिकै खरिद शाखामा हाजिर भएका हुन् ।
दाहालले अहिले आफूलाई अख्तियार, प्रहरीकासाथै सामान्य प्रशासन र स्वास्थ्य मन्त्री निकट दाबी गर्दै सबै कोटेशन र उपकरण खरिदको फाइल कब्जा गरी आफु निकटसँग महंगो मूल्यमा कमसल सामान लिएर कमिशन खाने गरेको स्रोतले जनाएको छ ।
दाहालकै योजनामा अस्पतालले आह्वान गरेको ओटी लाइटको टेण्डर युरोलोजी विभागका विवादित डा.अनिल श्रेष्ठलाई जिम्मा दिइएको थियो ।
उनले स्पेसिफिकेशन बनाउँदा आफू निकटको फर्म केएलएस मार्टिनलाई मात्र हुने गरी स्पेक बनाएको आरोप लगाउँदै अहिले उपकरण बजारमा विवाद देखिएको पनि स्रोतले जनाएको छ ।
खरिद प्रमुख र अस्पताल निर्देशकलाई समेत माथिको पहुँच छ भन्दै अटेर गर्दै अस्पतालको मेडिकल, सर्जिकल, केमिकल, माइक्रोस्कोप, छपाईलगायतको टेन्डर लक्ष्मण गौतम नामका व्यापारी र मेडिकल स्टोरका नक्कली मेडिकल बोर्डको आरोप लागेका टीकाराम पनेरुसँगको मिलेमतोबाट करोडौं अनियमितता गरेको स्रोतले जनाएको छ ।
वीरमा विगत लामोसमयदेखि अनियमितता गर्दै आएको आरोप लाग्दै आएकी भगवती थपलिया, नक्कली मेडिकल बोर्ड र कोभिड भ्यासिन बेचेको आरोप लागेका टिकाराम पनेरु र व्यापारी लक्ष्मण गौतमसँग दाहालले साँठगाँठ राम्रो रहेको स्रोतले बतायो ।
थपलिया अहिले अस्पतालकै बेरुजु शाखामा बसेर अर्को अनियमिततामा सरिक भएको स्रोतको दाबी छ । उनी आफूले गरेका कतिपय कामको बेरुजु मिलाउन सोही शाखामा गएको अस्पतालका कर्मचारीहरु बताउँछन् ।
प्रशासनमा कार्यरत एक कर्मचारी भन्छन्, ‘भगवतीलाई कागजपत्र मिलाउन पुराना ब्यापारी बोलाउँदै यो मिलेन त्यो मिलेन, मिलाउन पर्छ भन्दै कमिसन लिईरहेकी छिन् ।’ थपलिया यसअघि खरिद शाखामा रहेकी थिईन् ।
केही व्यापारी अस्पतालका चिकित्सक र कर्मचारीले शाखा अधिकृत डमरु दाहाल, डा अनिल श्रेष्ठ, टिकाराम पनेरु र भगवती थपलियाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सम्पत्ति सुद्धिकरण, सामान्य प्रशासन मन्त्रालय, स्वास्थ्य मन्त्रालयमा उजुरी दिने तयारीमा रहेका जनाइएको छ ।
















राष्ट्रिय सभा : बागमतीबाट कांग्रेसकी देवकोटा र एमालेका दंगाल विजयी
राष्ट्रिय सभा निर्वाचन : लुम्बिनीबाट जंगली, झाक्री र केसी विजयी
राष्ट्रियसभामा सुदूरपश्चिमबाट लीला र खम्मबहादुर निर्वाचित
हिमपहिरोले अमेरिकामा जनजीवन ठप्प, उडानदेखि बिजुलीसम्म असर
राष्ट्रियसभा चुनाव : गण्डकीबाट गणेश र सम्झना विजयी
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी
सभापति बनेको ८ दिनपछि पार्टी कार्यालय प्रवेश गर्दै गगन थापा, प्रधानमन्त्रीको उम्मेदवार बनाइने
बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु
महावीर पुनको चुनाव चिह्न ‘त्रिभुज’
प्रतिक्रिया