रुसमाथि अस्ट्रेलियाले लगायो प्रतिबन्ध

किभ । युक्रेनमाथि रुसी आक्रमणको विरोधमा अस्ट्रेलियाले ६७ रुसीमाथि प्रतिबन्ध लगाएको छ । युक्रेन हमलाको विरोधमा उनीहरूलाई प्रतिबन्ध लगाइएको अस्टे«लियाकी विदेशमन्त्री मारिस पेनीले जानकारी दिइन् ।
‘आज म रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको नजिकका र उनका अपमानजनक कार्यहरूलाई सहयोग र समर्थन गर्ने थप ६७ जना सम्भ्रान्त र कुलीनविरुद्ध प्रतिबन्धहरूको घोषणा गर्दैछु’, ब्राजिलको राजधानी ब्रसेलमा नेटो सदस्य राष्ट्रका नेताहरूलाई सम्बोधन गर्दै उनले भनिन् ।
रुसले युक्रेनमा विशेष सैन्य कारबाही गरेको रुसले बताउँदै आएको छ । युक्रेनमाथिको रुसी हमला पछिल्लो समयमा पूर्वतर्फ केन्द्रित छ । रुसले दोनबासमा हमलाको तीव्र तयारी गरेको विवरणहरू सार्वजनिक भएका छन् ।
रुसी सेना पूर्वीयुक्रेनतर्फ बढ्दै जाँदा युक्रेन आफ्ना नागरिकहरूलाई दोनबासबाट सुरक्षित क्षेत्रतर्फ जान अनुरोध गरेको छ ।
रुसी हमलाका कारण युक्रेनबाट ४२ लाख मानिसहरूले देश छाडेका छन् ।
















वसन्तको आगमनसँगै काठमाडौँमा छायो हरियाली
कर्णाली प्रदेशका १० जिल्लामा ८ सय ६१ क्षयरोगी भेटिए
सुनचाँदीको मूल्यमा सामान्य गिरावट
२८ वर्षपछि बागलुङको सिगाना गाउँ पक्की सडक सञ्जालमा जोडियो
Schedule of Nepali Congress’ 15th General Convention made public
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
नेपाली प्रविधिमा आधारित ‘ल बसम’ राइड सेयरिङ एप सार्वजनिक
भुटानमाथि नेपालको २–१ को जित
प्रतिक्रिया