नेपाल बैंकको डिजिटल बैंकिङ् वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौँ । नेपाल बैंक लिमिटेडले मिति काठमाडौँको सिफलस्थित ब्रिलियन्ट क्याम्पसमा डिजिटल बैकिङ् वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकले चाबहिल शाखा र ब्रिलियन्ट कलेजको सहकार्यमा विद्यार्थीलाई डिजिटल बैकिङ्सम्बन्धि जानकारी गराई डिजिटल बैकिङ्का प्रविधिमा अभ्यस्त गराउने उद्देश्यले लिएको जनाएको छ ।
क्याम्पसका प्रिन्सिपल दुर्गा प्रसाद नेपाल प्रमुख अतिथि रहेका कार्यक्रममा नेपाल बैंकका मार्केटिङ्ग तथा रिसर्च डिभिजन प्रमुख अर्जुन बहादुर कँडेल, नेपाल बैंक चाबहिल शाखाका शाखा प्रबन्धक द्वारिका घोरासैनीलगायत कर्मचारीको उपस्थिति रहेको थियो ।
स्नातक तह व्यवस्थापन संकायमा अध्ययनरत विद्यार्थी सहभागी भएको उक्त कार्यक्रममा डिजिटल वित्तीय साक्षरतासम्बन्धि जानकारी, नेपाल बंैकले लागु गरेका विभिन्न सेवा सुविधा, डिजिटल बंैकिङ प्रविधि, विद्यार्थी लक्षित शुभज्ञान बचत खाता साथै बंैकिङ्का विविध आयामहरूको बारेमा जानकारी गराइएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि तथा क्याम्पस प्रमुख नेपालले ब्रिलियन्ट क्याम्पसका विद्यार्थीलाई लक्षित गरी डिजिटल बैकिङ् वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेकोमा नेपाल बैंकलाइ धन्यवाद दिए ।

















तेल बजार स्थिर बनाउन अन्तर्राष्ट्रिय पहल सुरु
आज राति १२ः०० बजेदेखि निर्वाचन आचारसंहिता निष्क्रिय हुने
प्रतिनिधिसभा सदस्य निर्वाचनः काठमाडौँमै ८ हजार १९७ मत बदर
वायु प्रदूषणबाट बच्न स्वास्थ्य मन्त्रालयको आग्रह
गौरादहका नगरप्रमुखलाई दूर्व्यवहार गर्ने व्यक्ति पक्राउ
सर्लाही-४ : गगनभन्दा अमरेशले थप बढाए मतान्तर
राष्ट्रिय दल बन्ने दाैडमा कुन-कुन पार्टी ?
६ जिल्लामा श्रम संस्कृति पार्टीकाे अग्रता
झापाका पाँचै निर्वाचन क्षेत्रमा मतान्तर बढाउँदै रास्वपा उम्मेदवार
कतारी नौसेना बहराइनमा सुरक्षित
प्रतिक्रिया