आजदेखि १५ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई टाइफाइडविरुद्धको खोप अभियान सुरु
७५ लाख बालबालिकालाई खोप दिने सरकारको लक्ष्य

काठमाडौं । सरकारले आजदेखि टाइफाइडविरुद्धको खोप अभियान गदैछ । आजदेखि सुरु भएको खोप अभियान आगामी वैशाख १८ गतेसम्म चल्नेछ । १५ महिनादेखि १५ वर्ष उमेरसमूहका बालबालिकालाई दिइनेछ । (गाभी)को सहयोगमा सरकारले देशभरका ७५ लाख बालबालिकालाई लक्षित गरी अभियान सुरु गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो खोप निःशुल्क, सुरक्षित र प्रभावकारी रहेको मन्त्रालयअन्तगर्तको खोप महाशाखाका निर्देशक डा. विवेक लाल बताउँछन् ।
१५ महिनाका प्रत्येक बालबालिकालाई नियमित खोप कार्यक्रममार्फत एक मात्रा खोप दिने उनको भनाइ छ।
अभियानको क्रममा टाइफाइड खोप स्थानीय तहको प्रत्येक वडामा तोकिएको विद्यालयहरूको खोप केन्द्रमा उपलब्ध हुने छ भने विद्यालय नभएका वा कम भएका वडाहरूमा वाह्य खोप केन्द्र सञ्चालन गरिने उनको भनाइ छ। देशभर खोप अभियानका लागि १० हजार स्वास्थ्यकर्मी परिचालन गरिने जानकारी दिए ।
नेपालमा हाल दिन लागिएको खोप टाइफाइड कन्ज्युगेट भ्याक्सिन हो। यो विश्व स्वास्थ्य संगठनले सिफारिस गरेको र यो विश्वका धेरै देशमा प्रयोग भइरहेको छ।
नेपालमा वर्षेनी औसतमा चार लाख ५० हजार जनाभन्दा बढीमा टाइफाइड संक्रमण हुने अनुमान छ। तीन वर्षको तथ्यांकअनुसार पानी तथा खानाजन्य संक्रामक रोगहरूमध्ये तेस्रो र अस्पताल भर्ना हुने कारणहरूमध्ये यो रोग चौथो कारणमा रहेको छ। यो रोगको संक्रमण सबै उमेर समूहमा हुने भए पनि १५ वर्षमुनिका बालबालिकालाई बढी असर गर्ने चिकित्सकहरु बताउँछन् ।
केही जिल्लामा भने अभियानअन्तर्गत नै टाइफाइडविरुद्धको खोप लगाउन सुरु भइसकेको छ । यसअघि पनि सरकारले यो उमेर समूहका बालबालिकालाई टाइफाइडविरुद्धको खोप दिए पनि अभियानका रूपमा पहिलोपटक खोप दिन लागिएको हो । बिहिबार धानमन्त्री शेरबहादुर देउवाले टाइफाइडविरुद्ध बालबालिकालाई दिइन लागिएको खोपको उद्घाटन गरेका थिए ।














पूर्वप्रधानमन्त्री हसिनाको सम्बोधनलाई लिएर बङ्गलादेशद्वारा भारतको आलोचना
नेशनल लाईफको सीईओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी
महावीर पुनको चुनाव चिह्न ‘त्रिभुज’
बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी
प्रतिक्रिया