बाजुरामा ४ वैशाखबाट टाइफाइडविरुद्धको खोप
मेरोन्यूज
२०७८ चैत २५ गते ८:१३

बाजुरा । बाजुरामा ४ वैशाखदेखि ८ वैशाखसम्म टाइफाइडविरुद्धको खोप लगाइने भएको छ । देशभर आजदेखि १८ वैशाखसम्म खोप अभियान सञ्चालनमा आए पनि बाजुरामा ढिलोगरी अभियान सुरु हुने भएको हो ।
स्वास्थ्य कार्यलय बाजुराका प्रमुख दायकृष्ण पन्तका अनुसार खोप अभियान सञ्चालन गर्न जनशक्ति परिचालन, तालिम तथा खोप केन्द्रको तयारी भइसकेको छ ।
बाजुरामा १५ महिनादेखि १५ वर्ष सम्मका ५९ हजार ३८ जना बालबालिकालाई खोप लगाउने तयारी भएको छ । नेपालमा पहिलो पटक बालबालिकालाई टाइफाइडविरुद्धको खोप दिन लागिएको हो ।
खोप केन्द्र स्वास्थ्य संस्था र विद्यालयमा राखिने भएको छ । जिल्लाका ३ सय ४८ ठाउँमा रहेका खोप केन्द्रमा ३ सय ४८ स्वास्थ्यकर्मी र ६ सय ७६ स्वयंसेवक परिचालन हुने जनाइएको छ ।
सम्बन्धित
















इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
नेपाली दूतावासको आयोजनामा पाकिस्तानमा मनाइयो बुद्ध जयन्ती
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
हर्क साम्पाङले मागे बालेनको राजिनामा
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
प्रतिक्रिया