किर्तिपुरको नेवारी परम्परा झल्कने लहना भोजनालयमा ओखलमा मसला कुटदै । यहाँ नेवारी संस्कृती झल्कने भेषभुषा र परम्परागत सरसामान प्रयोग गरेर पाहुनालाई सत्कार गरिन् छ ।
काठमाडौं । बढ्दो शहरीकरणले उपत्यकाको नेवारी बस्तीहरु मासिदै गएका छन् । यस्तै २०७१ सालमा गएको भूकम्पले उपत्यकाको मौलिक, ऐतिहासिक, पुतात्विक महत्वका धरोहरहरुलाई त तहसनहस बनायो । काठमाण्डौ उपत्यका अर्थात नेवार यी दुवै पर्याय र परिपुरक हुन् । नेपालको इतिहाँसमा नेवारहरुको योगदान अतुलनीय छ ।
ऐतिहासिक पुतात्विक महत्वको काठमाडौं उपत्यकालाई नेवारी कला, संस्कृति, भाषा, जीवनशैलीले अझै जीवन्त बनाइ रहेको छ । यहाँको बस्ती, भाषा र कलाले संसारकै ध्यान तानेको छ । प्रकृती र मानव सृजित बिभिन्न हन्डर–ठक्कर खाएर पनि उभिईरहेको उपत्यकाको नेवार बस्तीलाई हामीले तश्वीरमा कैद गर्ने कोशिस गरेकाछौं ।
यसैलाई केन्द्रमा राखेर न्युज एजेन्सी नेपालका फोटोपत्रकारहरुले उपत्यकाका खोकना, बुङमती, किर्तिपुर, ठेचो, सिद्धिपुर, लुभु,भक्तपुर, पाटनका बिभिन्न स्थानमा गएर खिचिएको तश्वीरहरु । यी तश्वीरहरुमा नेवार समुदायको रहन–सहन, दिनचर्या, कला–संस्कृतीलाई देखाउन खोजिएको छ ।
खोकनाका थकाली । टोलका सबैभन्दा बृद्धलाई थकालीको रुपमा मान्ने चलन छ ।किर्तिपुरको परम्परागत झयालबाट हेर्दै महिला ।खोकनामा भुकम्पपछि पुरानै ढाचामा पुर्ननिर्माण गरिएको बस्ती ।च्यासलको लाक्षी रहेको एक फल्चामा बसेका स्थानीयहरुललितपुरको बाँडेगाँउ ।ललितपुरको बुङमतीमा देवताको नाममा बनाइएको ऐतिहासिक पुरातात्विक पोखरी ।लुभुको परम्परागत नेवारी बस्ती । यो ऐतिहासिक बस्ती भत्काएर सरकारले सडक निर्माण गर्ने तयारी गरिरहेको छ ।हरिसिद्धिको फल्चामा बसेका दौतरी बृद्धा ।भक्तपुरको दरवार परिसर रहेको एक मन्दिरमा चित्र बनाउदै कलाकार ।ठेचो हस्तकलाका परम्परागत सरसामान बनाउदै महिलाहरु ।किर्तिपुरको नेवारी परम्परा झल्कने लहना भोजनालयमा ओखलमा मसला कुटदै । यहाँ नेवारी संस्कृती झल्कने भेषभुषा र परम्परागत सरसामान प्रयोग गरेर पाहुनालाई सत्कार गरिन् छ ।
प्रतिक्रिया