मकरलाई कामबाट मानसम्मान,तपाईको राशिफल कस्तो ?

काठमाडौं । आज मिति २८ चैत २०७८, सोमबार । तद्नुसार अप्रिल महिनाको ११ तारिक २०२२ । चैतशुक्ल दशमी तिथि, तैतिल करण, पुष्य नक्षत्र, धृति योग, चन्द्रमा कर्कट राशिमा रहेको छ ।
आज विहान ७.२० देखि ८.५५ सम्म राहुकाल रहेको छ । आजको देवता जलदेवी, ग्रहदेव राहु रहेको छ । सोमबारको दिन शिवालयमा गएर जलअभिषेक गर्नु उत्तम मानिन्छ ।
अब लागौैं आजको राशिफल
मेष
तपाईको लागि सोमबारको दिन रोजगारीको क्षेत्रमा सफलता हात लाग्नेछ । सोमबार भएकाले मेष राशिका जातकले नजिकको शिवालयको यात्रा गरी काम गर्दा शुभ हुनेछ । आजको दिन घरका जेष्ठ सदस्य र कन्यालाई खानेकुरा र बस्त्र दिनुभयो भने परिवारमा खुसीयाली छाउनेछ ।
वृष
आजको दिन व्यापार ब्यबसायमा सोचेअनुसार नहुनसक्छ । त्यसैले आजको दिन ब्यापारको कामबाट फाइदा नहुँदा पनि त्यति निराश नहुनुहोला । तपाईको मन, वचन र कर्म सकारात्मक हुन जरुरी छ आज । सकारात्मक सोचले मात्र तपाईले आफ्नो दैनिककाम सम्पादन गर्नसक्नुहुन्छ । कसैसँग विवाद हुने काम र कुरा नगर्नुहोला ।
मिथुन
तपाईको मनभित्र अनेक कुरा खेल्नेछ । परिवार र आफन्तजनहरुले तपाईमाथि अनेक आरोप लगाउन सक्नेछन् । आजको दिन कष्टकर हुनेछ, मनमा पनि निराशा उत्पन्न हुनसक्छ । त्यसैले आज हरेककुराका सकारात्मक सोच राख्न सक्नुभयो भने मात्र तपाईमा खुसीयाली छाउने छ ।
कर्कट
मनमा अशान्त र निराशा उत्पन्न हुनसक्छ । पारिवारिक तनावका कारण मनमा अनेकखालका समस्या आउनसक्छ । आजको दिन कर्कट राशिका जातकले कसैसँग विवाद र झगडा नगर्नुहोला । कसैसँग विवाद भयो भने तपाई र तपाइँसग विवाद गर्ने दुवै व्यक्तिको हानी हुनसक्छ । आजको दिन विहान सूर्योदयको दर्शन गर्नुहोला ।
सिंह
आज यात्रा गर्नुभन्दा पहिले राहुकाल छलेर शुभ साइतमा यात्रा गर्नुहोला । । मित्रमण्डलीको र परिवारको साथ पाउने योग रहेको छ । परिवारका सदस्यहरुसँग विवाद हुनसक्छ त्यसैले आजको दिन सिंह राशिका जातकले कम बोल्नु नैं बुद्धिमानी हुनेछ । नियमित काम बाहेक अन्य नयाँ काममा चासो नदिनुहोला ।
कन्या
मनमा चिन्ता र भय उत्पन्न हुनेछ । तपाईको कारण आफन्तसँग सम्बन्ध विग्रन सक्छ । स्वास्थ्यमा प्रतिकुल असर पर्ने देखिन्छ । अध्ययन अध्यापनबाट सफलताप्राप्त हुनेछ । कन्या राशिका जातकले आज स्त्रीजातिको साथ सहयोगबाट कार्य गर्दा सफलता प्राप्त हुन्छ । कन्या राशिका पुरुषले घरमा आमा, दिदीबहिनीहरुलाई उपहार दिनु, महिलाहरुले भने बा, दाजुभाइलाई उपहार दिनु राम्रो हुनेछ ।
तुला
तपाईले आजको दिन शुरु गरेको काम सफलता मिल्नेछ । तपाईको कार्यमूलक यात्रा हुनेछ । कुनै कामको शुरुवात गर्नुभएको छ भने त्यो कामको सम्पादन पूरा गर्नका लागि मेहनतपूर्वक लाग्नु होला । तपाईलाई सफलता हात लाग्नेछ । कुनै काम बीचमा छोडेको छ भने त्यो कामका पुरा नहुँदा मनमा चिन्ता भइरहन्छ ।
वृश्चिक
वृश्चिक राशिका जातकले सोचअनुसार काम हुनेछ । तपाईले आफ्नो ग्रह बलियो भएको बेला कार्यायोजनाअनुसार काम गर्नुभयो भने सफलता मिल्नेछ । आजको दिन तपाईले शिवालयमा गएर जल अर्पण गर्नुभयो भने शान्ति मिल्नेछ । आजको दिन शिवालयको नाम स्मरण मात्रले पनि मनमा शान्ति मिल्नेछ ।
धनु
ग्रहहरु बलिया भएका छन् । त्यसैले आजको दिन तपाईले सोचअनुसारको काम हुनेछ । सन्तानबाट सुख र स्त्रीजातिको साथ सहयोगले तपाईले राम्रो काम गर्नुहुनेछ । यात्रामा सफलता मिल्नेछ । यात्रा गर्दा प्रयोजनमूलक यात्रा मात्र गर्नुहोला । आज विहान सूर्योदयको दर्शन गर्नुभयो भने मनमा खुसियाली छाउनेछ ।
मकर
तपाईले गरेको कामबाट मानसम्मान मिल्नेछ । तपाईलाई आफन्तजनको सहयोगले मनमा हर्ष प्राप्त हुनेछ । आजको दिन देवालयको दर्शन र यात्राले तपाईलाई मनमा प्रसन्नता छाउनेछ । विगतदेखि गर्दै आएका कामको मूल्याकन हुनेछ । समाज र परिवारबाट मानसम्मान मिल्नसक्नेछ ।
कुम्भ
कुम्भ राशिका जातकले आजको दिन सोचअनुसारको काम र शत्रुमाथि विजयप्राप्ति हुनेछ । ब्यापारबाट प्राप्तबाट धनलाई सामाजिक सेवामा खर्च गर्नुहोला । सामाजिक सेवा गर्दा मानसम्मान मिल्नेछ । आजको दिन घर नजिकको मन्दिरमा दर्शन गर्नुभयो भने तपाईमा थप उर्जा मिल्नेछ । देवालयमा जानुभयो भने केही फलफूल वितरण गर्नुहोला ।
मीन
मनमा प्रसन्नता छाउने छ । लामो दुरीको यात्रा गर्दै हुनुहुन्छ भने सूर्योदयको दर्शन गरेर यात्रा शुरुवात गर्नुहोला । सकारात्मक सोच र अध्ययन अध्यापनमा मन लाग्नेछ । साँझपख शिवालयमा जाँदा मीन राशिका जातकका लागि अध्यापन, लेखनमा रुचि बढ्नेछ । आजको दिन अध्यापनमा समय दिनुहोला । लेखन र सिर्जनात्नमक कार्यको शुरुवात गर्दा पनि सफलता मिल्नेछ ।













गैरकानुनी रूपमा अन्तरराष्ट्रिय कल बाइपासमा संलग्न राजवंशी पक्राउ
दक्षिण कोरियाका पूर्वराष्ट्रपति युनविरुद्ध पुनः पक्राउ पुर्जी जारी
गोरखा-२ मा एमालेबाट चक्रे मिलनसहित पाँच जनाको नाम सिफारिस
फागुन २१ मा जसरी पनि निर्वाचन हुन्छः मन्त्री खरेल
कांग्रेसबाट समानुपातिक सूचीमा पूर्व र वर्तमान राष्ट्रपतिका छोरा–छोरी पनि
निर्वाचन ६४ दिन बाँकीः ६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची
राप्रपा र राप्रपा नेपालबीच पार्टी एकता
निर्माता करण श्रेष्ठ समानुपातिक उम्मेदवारको सूचीमा
पुस १६ गते बुधवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया