राजकुमार हिरानीसँग फिल्म गर्दै शाहरुख

काठमाडौं । अन्ततः निर्देशक राजकुमार हिरानी र अभिनेता शाहरुख खानको प्रोजेक्ट सुरु हुने भएको छ । भारतीय मिडियाले फिल्मको छायांकन १५ अप्रिलबाट सुरु हुने जनाएका छन् ।
इमिग्रेसनको विषयवस्तुमा केन्द्रित फिल्मको पहिलो सेड्युल ४० दिनको राखिएको छ । शाहरुखले हालै ‘पठान’ को छायांकन सकाएका छन् । अब उनले हिरानीको फिल्म सुरु गर्दैछन् । पन्जाबको सेटअपमा छायांकन हुने फिल्मका लागि मुम्बईस्थित फिल्म सिटीमा भव्य सेट तयार गरिएको छ ।
सोसल कमेडी फिल्मका लागि शाहरुख तयार भएका छन् । केही समययता फिल्ममा सफलता हात पार्न नसकेका शाहरुखलाई हिरानी निर्देशित फिल्म गर्न उनका फ्यानहरुले समेत सामाजिक सञ्जालमा आग्रह गर्ने गरेका छन् ।
शाहरुख पछिल्लो समय आफ्नो पठान लुक्सका कारण चर्चामा छन् । पछिल्लो फिल्म ‘जिरो’ को असफलतापश्चात उनले फिल्मबाट केही समय ब्रेक लिएका थिए । यद्यपि अब उनी ‘ब्याक टु ब्याक’ काममा व्यस्त भइरहेका छन् ।















वरिष्ठ नागरिकको ज्ञान र सीपबाट नयाँ पुस्ताले लाभ लिन सक्नुपर्छः राष्ट्रपति
घरमै राहदानी पुर्याउन तयार छन् ‘हल्कारा’
कल्भर्टमा ठोकिएर नालामा खस्यो मोटरसाइकल, चालक मृत अवस्थामा फेला
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया