शनिबार, वैशाख १९, २०८३

पानी र खानाजन्य रोगको संक्रमणमध्ये २० प्रतिशत टाइफाइड

मेरोन्यूज २०७८ चैत २८ गते १४:०१

लमजुङ । लमजुङमा शुक्रबारदेखि टाईफाइडविरुद्धको खोप अभियान सुरु भएको छ ।
शुक्रबारदेखि सुरु भएको टाइफाइडविरुद्धको खोप अभियान ३० चैतसम्म संचालन हुने स्वास्थ्य कार्यालय लमजुङले जनाएको छ । लमजुङमा पानी र खानाजन्य रोगको संक्रमणमध्ये २० प्रतिशत टाइफाइड हुने गरेको छ ।

Advertisement
NiccNicc

तीन वर्षको तथ्याङ्कअनुसार यहाँ वर्षेनी करिब तीन हजारमा टाइफाइड हुने गरेको कार्यालयको तथ्यांक छ ।देशभरी एकै चरणमा २५ चैत ०७८ देखि १८ वैशाख ०७९ भित्र सम्पन्न गर्ने भए पनि लमजुङमा भने २५ देखि ३० चैतसम्म अभियान सञ्चालन गरिएकोे स्वास्थ्य कार्यालय लमजुङका प्रमुख अमर दवाडीले बताए । उनका अनुसार जिल्लाका १५ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई एक मात्रा खोप लगाइनेछ ।

४१ हजार दुई सय १६ जना बालबालिकालाई खोप लगाइने लक्ष्य रहेको उनको भनाइ छ । नियमित खोप मार्फत१५ महिनाका सबै बालबालिकालाई एक मात्रा खोप निरन्तर उपलब्ध गराइने लक्ष्यका साथ अभियान सञ्चालन भएकोे दवाडीले बताए । नेपालमा पाँच वर्षको तथ्याङ्कअनुसार हरेक वर्ष करिब चार लाख ५० हजार जना टाइफाइड संक्रमित हुने गरेका छन् ।

प्रतिक्रिया