शुक्रबार, पुष १८, २०८२

पर्यटन क्षेत्रमा सुधार: तीन महिनामा साढे ७८ हजार विदेशी पर्यटक नेपाल भित्रिए

मेरोन्यूज २०७८ चैत २९ गते ७:०१

काठमाडौं । नेपालमा पछिल्लो तीन महिनामा मात्र ७८ हजार ४ सय ४७ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन विभागको तथ्याकं अनुसार सन् २०२२ को तीन महिना अर्थात जनवरीदेखि मार्चसम्ममा ७८ हजार ४४७ विदेशी पर्यटक नेपाल भित्रिएका हुन् । यो तथ्याकं कोरोना संक्रमण देखिए यताकै उच्च हो । कोरोनाले थिलथिलो भएको अर्थतन्त्रलाई पर्यटक भित्रनुले पनि अब केही सुधार उन्मुख हुने देखिन्छ ।
मार्च महिनामा मात्र ४२ हजार ६ पर्यटक नेपाल आएका थिए । यसले पनि नेपालमा पर्यटकको संख्या बृद्धि हुदै जाने देखिन्छ ।

प्रतिक्रिया