आप्रवासन सम्बन्धी एक अन्तर्राष्ट्रिय संस्था (आइओएम) ले ४९७ अवैध आप्रवासीको उद्धार

आप्रवासन सम्बन्धी एक अन्तर्राष्ट्रिय संस्था (आइओएम) ले लिबियाको सामुद्रिक किनाराबाट उद्धार गरिएका ४९७ जना अवैध आप्रवासीहरु लिबिया फर्किएका बताएको छ ।सो संगठनले सोमबार एक विज्ञप्ति प्रकाशन गरेर सो विषयमा जानकारी दिएको हो ।
ती आप्रवासी कागजातबिहीन भएका र सामुद्रिक किनारमा अलपत्र परेका थिए । लिबियाका विभिन्न स्थानबाट उनीहरु अन्यत्रै जान लागेका थिए र उनीहरु कागजात बिहीन अवस्थामा रहेकाले उनीहरुलाई सो संगठनले उद्धार गरेर लिबिया नै फर्काएको थियो ।
सो संगठनले सात दिनको अवधिमा उनीहरुलाई उद्धार गरेर फर्काएको थियो । कतिपय यी आप्रवासीहरु जबर्जस्ती समुद्र पार गर्न खोज्दा दुर्घटनामा पर्ने गरेका छन् । लिबियाको सामुद्रिक किनाराबाट भाग्न खोज्ने क्रममा गएको वर्षमात्र पनि कम्तीमा पनि ७७ जनाको ज्यान गएको थियो । त्यस्तै गत वर्ष मात्र ३४० जना यस क्रममा बेपत्ता भएका थिए ।उक्त संगठनले यस वर्षमात्र करिब ४ हजार अवैध आप्रवासीलाई उद्धार गरिएको पनि जनाएको छ ।















जेनजी आन्दोलन : यस्तो छ जाँचबुझ आयोगको प्रतिवेदन (पूर्णपाठ)
पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १५ रुपैयाँले मुल्य बढ्यो
तीन महिनाका लागि एन्फा निलम्वन
सिरहा हत्या प्रकरण : ५४ दिनमा पनि पत्ता लागेन दोषी
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
नेपाली प्रविधिमा आधारित ‘ल बसम’ राइड सेयरिङ एप सार्वजनिक
भुटानमाथि नेपालको २–१ को जित
प्रतिक्रिया