नागरिकता सच्याएर प्रहरीमा जागिर खाएको आरोप लागेका डीएसपी सिंह दोषी ठहर
मेरोन्यूज
२०७८ चैत २९ गते १९:३१

काठमाडौँ । नागरिकतामा जन्म मिति सच्याएर नेपाल प्रहरीको सेवामा प्रवेश गरेको अभियोगमा नायब उपरीक्षक (डीएसपी) रमेश सिंहलाई विशेष अदालतले दोषी ठहर गरेको छ ।
श्रीकान्त पौडेल, शालिग्राम कोइराला र बलभद्र बास्तोलाको इजलासले सिंहलाई दोषी ठहर गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी कागज कीर्ते अभियोगमा सिंहविरुद्ध अभियोग दर्ता गरेको थियो ।
एसएलसीको लब्धाङ्क पत्रमा जन्म मिति २०३२ साल माघ १२ गते उल्लेख भएका सिंहले २०५८ सालमा प्रहरी निरीक्षक पदमा आवेदन दिएका थिए । आवेदन दिँदा उनको उमेर २६ वर्ष भइसकेको थियो । तर, प्रहरी निरीक्षकमा २५ वर्ष ननाघेको व्यक्तिले मात्र आवेदन दिन सक्ने व्यवस्था छ ।
सिंहले विद्यालयले दिने चारित्रिक प्रमाण पत्रमा जन्म मिति सच्याएर नक्कली बनाएको र त्यसैलाई पेस गरेर आवेदन दिएको आरोप लागेको थियो ।
सम्बन्धित
















अमेरिकाको ड्यालसमा दूतावास स्थापना भएपछि पहिलोपटक घुम्ती शिविर, २७२ नेपालीले लिए सेवा
जिप सडकबाट खस्दा १२ जना घाइते, चालक भागे
सम्झौता बिपरीतका इँटा प्रयोग गरेपछि प्रशासनिक भवनको पर्खाल भत्काइयो
नारायणगढ–बुटवल सडक विस्तार : सडक सुरक्षाको काम पनि जारी
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
मनोहराका सुकुम्बासी बस्ती भत्काउने काम जारी (तस्बिरहरु)
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
पेस्तोल र गोलीसहित सालीनदी किनारबाट २ जना पक्राउ
प्रतिक्रिया