पुष्पराम केसी सशस्त्रको आईजीपी बन्दै

काठमाडौं। सरकारले सशस्त्र प्रहरी बलका एआईजीपी पुष्पराम केसीलाई महानिरीक्षक (आईजीपी)मा नियुक्त गर्ने भएको छ । आज बस्ने मन्त्रिपरिषद्को बैठकले उनलाई आईजीपीमा नियुक्ति गर्ने तयारी गरेको गृहमन्त्रालय स्रोतको बताएको हो ।
शैलेन्द्र खनाल २७ गते अनिवार्य अवकास पाएका छन् । उनले अनिवार्य अवकासमा पाएसँगै सशस्त्र प्रहरी बल नेतृत्वविहीन बनेको छ । सो अवस्थालाई हेर्दै मन्त्रिपरिषद्को बैठकले बुधबार नै नयाँ नेतृत्व छनोट गर्ने तयारी गरेको हो ।
त्यस्तै, सशस्त्रका डीआईजीहरूको बढुवा गर्न आज बढुवा समितिको बैठक बस्ने स्रोतले बतायो । एआईजी केसी १८ दिनका लागि आईजीपी भएसँगै यता एआईजीको पदसमेत रिक्त हुने छ । सो रिक्त पदका लागि बुधबार बढुवा समितिले बढुवाको तयारी गरेको हो ।
तीन जना डीआईजीहरू राजु अर्याल, नारायणदत्त पौडेल र सिपी गौतमबीच एआईजी बन्ने प्रतिस्पर्धा रहेको देखिन्छ । प्रतिस्पर्धामा रहेका तिनै जना एकै दिन डीआईजीमा बढुवा भएका थिए ।
उनीहरुमध्येबाट नै एक जनालाई एआईजीमा बढुवा गर्ने बढुवा समितिको तयारी रहेको छ । आज उनीहरुमध्ये एक जना एआईजीमा बढुवा हुने छन् ।
स्रोतका अनुसार एआईजीको प्रमुख दाबेदार सिपी गौतम छन् । केही दिनअघि आईजीपीको दौडमा कमजोर देखिएका तेस्रो वरियताका गौतम पछिल्ला दिनमा बलियो भएका छन् । स्रोतका अनुसार गौतमले आफूलाई प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाँणको साथ रहेको दाबी गरेका छन् ।
नेपाली सेनामा कमाण्ड सम्हालेको आधारमा वरिष्ठता निर्धारण गरिने प्रचलन रहेजस्तो अर्ध सैन्य संरचनाको रुपमा रहेको सशस्त्रमा समेत कमाण्ड गरेका आधारमा वरिष्ठ निर्धारण गर्दा आफू पहिलो नम्बरमा रहेको उनको जिकिर छ । सोही आधारमा अर्याल र गौतमभन्दा आफू वरिष्ठ रहेको उनको दाबी छ ।
१८ दिनपछि उनीहरूमध्येकै एक जनाले सशस्त्र प्रहरीको नेतृत्व सम्हाल्ने हुँदा तीव्र प्रतिस्पर्धा भएको हो । प्रतिस्पर्धामा रहेका अर्याल एक नम्बरमा छन् । पहिलो नम्बरमा भए पनि उनको हकमा दोस्रो नम्बरमा रहेका पौडेल र तेस्रो नम्बरमा रहेका गौतमले चुनौती दिइरहेका छन् ।
अर्याल पहिलो नम्बरमा भएकाले स्वभाविक रुपमा उनको सम्भावना बढी छ । तर, राजनीतिक पहुँचका आधारमा पौडेल र गौतमले अर्याललाई टक्कर दिएका हुन् ।
















अमेरिकाको ड्यालसमा दूतावास स्थापना भएपछि पहिलोपटक घुम्ती शिविर, २७२ नेपालीले लिए सेवा
जिप सडकबाट खस्दा १२ जना घाइते, चालक भागे
सम्झौता बिपरीतका इँटा प्रयोग गरेपछि प्रशासनिक भवनको पर्खाल भत्काइयो
नारायणगढ–बुटवल सडक विस्तार : सडक सुरक्षाको काम पनि जारी
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
मनोहराका सुकुम्बासी बस्ती भत्काउने काम जारी (तस्बिरहरु)
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
प्रतिक्रिया