सोमबार, माघ ५, २०८२

एसपी विश्व अधिकारी पुरुस्कृत

मेरोन्यूज २०७८ चैत ३० गते १४:३५

काठमाडौं । सुदुर पश्चिम प्रदेश प्रहरी कार्यालयले जिल्ला प्रहरी कार्यालय कैलालीका कार्यालय प्रमुख प्रहरी उपरीक्षक (एसपी) विश्व अधिकारीलाई पुरस्कार प्रदान गरेको छ ।

Advertisement
thakur moters insidethakur moters inside

प्रहरी संगठनको निति निर्देशन अनुरुप उच्च अनुशासनमा रहि ईमान्दारी, अनुशासित र कर्तव्यनिष्ठ तवरले बिभागिय अडर आदेशको पालना गर्ने अधिकारीलाई प्रहरी नियमावली बमोजिम १४ सय रुपैया नगतसहित पुरस्कार प्रदान गरेको हो ।

आफ्नो जिम्मेवारी बफादारीका साथ त्रुटीरहित ढंगबाट आफ्नो बुद्धी बिबेकले भ्याए सम्म कर्तब्यनिष्ठ भई उल्लेखनिय भुमिका निर्बाह गरेका अधिकारीलाई उत्कृष्ट कार्यको कदर स्वरुप प्रदेश कार्यालयद्वारा पुरस्कृत भएका हुन् ।

एसपी अधिकारीलाई एक कार्यक्रमका बिच सुदुरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डिएसपी) पुरुषोत्तम कंडेलले पुरस्कार प्रदान गरेको थियो ।

प्रतिक्रिया