वर्षको अन्तिम दिन सेयर बजार हरियोमा बन्द

काठमाडौं । वर्ष २०७८ काे अन्तिम कारोबारको दिन शुक्रबार नेप्से ३० दशमलब २४ अङ्क बढेर २४१५ दशमलब २५ बिन्दुमा बन्द भएको छ । हप्ताको अन्तिम कारोबार हुनुका साथै २०७८ सालको पनि अन्तिम कारोबारको दिन शुक्रबार बजार हरियोमा बन्द हुँदा लगानीकर्तामा केही राहत महसुस भएको छ ।
यसरी लगातार घटेको बजारदेखि दिक्क भएका लगानीकर्ता यस वर्षको अन्तिम दिन भने बजारले केही खुसियाली दिएको छ । बुधबारको दिन बजारमा २२९ वटा कम्पनीको सेयर कारोबार हुँदा १८५ वटा हरियो, ३२ वटा रातो र ११ वटा स्थिर छन् ।
कारोबारको रकम भनि मंगलबारको तुलनामा भन्दा पनि कमि आएको छ । शुक्रबार दुई सय २२९ वटा कम्पनीको २८९४५ वटा कारोबार हुँदा कारोबार रकम भने एक अर्ब ४७ करोड बराबरको भएको छ ।
अत्याधिक बढ्नेमध्ये अदर्श इन्डेक्स २ दशमलव २८ प्रतिशत, माइक्राे इन्डेक्स २ दशमलव १४ प्रतिशत र होटेल इन्डेक्स १ दशमलव ५८ प्रतिशतले बढेको छ । सधै जसो शुक्रबार पनि नेश्डो लघुवित्तले भने १० प्रतिशत बढेर २२६२.७ मा अन्तिम कारोबार भएको छ ।
यसैगरी अत्याधिक बढ्नेमध्ये आर यम डिशी लघुवित्त ८ दशमलव ९८ प्रतिशतले बढ्दा १०४२, राष्ट्र उत्थान लघुवित्त ७ दशमलव १९ प्रतिशतले बढ्दा १४००, मिथिला लघुवित्त ६ दशमलव ४९ प्रतिशतले बड्दा १५००, स्वावलम्बन लघुवित्त ६ दशमलव ३ प्रतिशतले १२१५ मा र जाल्पा लघुवित्त ६ दशमलव ११ प्रतिशतले बड्दा अन्तिम कारोबार ५२१ मा भएको छ।
यसैगरी, अत्याघिक घट्नेमध्ये युनाइटेड इद मार्दी हाइड्रो २० अंक घट्दा ९४८ मा नयाँ शारथी लघुवित्त १९ अंक घट्दा ९८० मा र शिवश्री हाइड्रो ४ अंक घट्दा २९६ मा अन्तिम कारोबार भएको छ । अत्याघिक कारोबार हुनेमधेय शिवम् सिमेन्ट आठ करोड ४३ लाख बराबरको र अरुण हाइड्रो पावर पाँच करोड २१ लाख बराबरको भएको छ ।
















फलेवासबाट एक वर्षमा पाँच सय २५ जना बसाइँसराइ
Nine districts at high risk of forest fire
37 days left to go for HoR Polls: Printing of ballot papers for PR system completed
काठमाडौं-तराईं द्रुतमार्ग निरीक्षणमा प्रधानमन्त्री कार्की
स्वतन्त्र उम्मेदवार महावीर पुनलाई उज्यालो पार्टीको समर्थन
दुई हजार एक सय जना एमालेमा प्रवेश
पूजाको अर्धशतकमा नेपालले जिम्बाबेलाई हरायो,सुपर- ६ मा पुग्ने सम्भावना
आयोगमा ३ जना समानुपातिक उम्मेदवारविरुद्ध उजुरी
नेपाली कम्युनिस्ट पार्टीले हरिबोल गजुरेलसहित ७ नेतालाई गर्यो निष्कासन
प्रतिक्रिया