राप्ती अस्पतालमा कोरोनाको विरामी संख्या शून्य

काठमाडौँ । दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा कोरोना संक्रमितको संख्या शून्य भएको छ । अस्पतालका फोकल पर्सन दोर्ण वलीले भने, ‘एक महिना जति भयो, अहिले कोरोना अस्पतालमा संक्रमितको संख्या शून्य अवस्थामा छ, अहिले अन्य बिरामीलाई ती शय्यामा राख्ने गरेका छौँ ।’
अहिले सामान्य बिरामीलाई त्यहाँ राख्ने गरिएको उनले बताए । कुनै समय शय्या भरिभराउ हुन्थे । शय्या पाउन हानथाप नै हुन्थ्यो, तर अहिले शून्य छ ।
कोरोनाका बिरामी नआउँदासम्म त्यहाँ अन्य बिरामीलाई राखिने उनको भनाइ छ । यसअघि बेलझुण्डीस्थित नेपाल संस्कृत विश्वविद्यालयअन्तर्गत आयुर्वेद शिक्षण अस्पतालमा उक्त अस्पताल सञ्चालनमा थियो ।
असोजदेखि प्रादेशिक अस्पतालको योगा हलमा उक्त कोरोना एकाइ केन्द्र सञ्चालनमा आएको हो । अस्पताल ६० शय्याकोे छ । यसमा आइसीयू, एनआइसीयू र एचडीयूका शय्या छन् । कोरोनाका बिरामी आए भने उक्त अस्पतालमा कोरोनाका बिरामीलाई नै राखिने उनको भनाइ छ ।
‘कोरोनाका बिरामी आएमा पुनः हामीले कोरोना बिरामीलाई नै राख्छौँ,’ उनले भने, ‘नत्र भने सामान्य बिरामीलाई नै राखेर उपचार गराउने छौँ ।’
















क्यानडाको चीनसँगको व्यापार कदमप्रति अमेरिकाको चासो
महिला समूहलाई नौमती बाजा बजाउन भ्याइनभ्याई
सुदूरपश्चिममा १८ महिला उम्मेदवार चुनावी मैदानमा
तनहुँमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, एक घाइते
Fire at Mahashakti Soap Factory in Hetauda: Property amounts Rs100–120 million damaged
महिला टी–२० विश्वकप ग्लोबल छनोट : लगातार तेस्रो जितसँगै बंगलादेश सुपर सिक्समा
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी
गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै कांग्रेस
सभापति बनेपछि पहिलोपटक पार्टी कार्यालय सानेपा जाँदै गगन
प्रतिक्रिया