प्रहरी र सशस्त्रको नियमावली संशोधन गर्ने गृहको प्रस्ताव अर्थमै रोकियो

काठमाडौं । गृह मन्त्रालयले तयार पारेको नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको नियमावली अर्थ मन्त्रालयमा रोकिएको छ ।
गृहले तयार गरेको प्रहरी (एघारौँ संशोधन) नियमावली, २०७८ र सशस्त्र प्रहरी (दोस्रो संशोधन) नियमावली, २०७८ को संशोधन मस्यौदा अर्थमन्त्रालयमा रोकिएको हो ।
दुवै सुरक्षा निकाय (सशस्त्र प्रहरी बल र नेपाल प्रहरी)सँग रहेका कर्मचारीको वृत्तिविकास एवं जनशक्ति व्यवस्थापनसम्बन्धी केही अधिकार कटौती गरी गृह मन्त्रालय मातहत ल्याउन नियमावली हेरफेर गर्न लागिएको थियो ।
सो मस्यौदा प्रति नेपाल प्रहरी र सशस्त्रका प्रमुख र अर्थ मन्त्रालयले असन्तुष्ट जनाएपछि नियमावलीको संसोधन प्रक्रिया रोकिएको हो ।
गृह मन्त्रालयले प्रहरी नियमावली २०७१ का १० र सशस्त्र प्रहरी नियमावली २०७२ का १५ प्रावधान संशोधन गर्न तयार गरेको मस्यौदा सैद्धान्तिक सहमतिका लागि अर्थ मन्त्रालयमा पठाइसकेको थियो । तर अर्थमन्त्रालयले असन्तुष्टि जनाएपछि उक्त नियमावलीको संसोधन प्रक्रिया रोकिएको स्रोतको भनाई छ ।
गृहले तयार पारेको मस्यौदामा नेपाल प्रहरीका महानिरिक्षक र सशस्त्र प्रहरी बलका महानिरिक्षकले असन्तुष्टि जनाएका थिए । गृहमन्त्रालयले प्रहरीको ‘चेन अफ कमाण्ड’लाई नै असर पार्ने गरी नियमावली संसोधनको मस्यौदा तयार गरेको थियो ।
यो पनि:-
गृह मन्त्रालयले तयार पारेको प्रहरी र सशस्त्रको नियमावलीमा के छ ?
















सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
बादलको अभिव्यक्ति पार्टी नीति विपरीत छ : विष्णु पौडेल
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
मुस्ताङमा तीन महिनामा ४३ हजार पर्यटक भित्रिए
एमालेको केन्द्रीय कमिटी निर्वाचन आयोगमा अद्यावधिक
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
ठगीको अभियोगमा एक जना पक्राउ
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
प्रतिक्रिया