सोमबार, फागुन २५, २०८२

जापानले बिना शर्त नेपाललाई सहयोग गरिरहेको छः परराष्ट्रमन्त्री

मेरोन्यूज २०७९ वैशाख ३ गते १४:१२

काठमाडौं । परराष्ट्रमन्त्री डा नारायण खड्काले नेपालको विकासका लागि जापान सरकारले गरेको सहयोग महत्वपूर्ण रहेको बताएका छन् । काठमाडौँमा आज भएको नेपाल जाइका अल्मुनाइ एशोसिएशन (जान) को ४८ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले ठूलो सहयोगदातामध्ये एक जापानले नेपाललाई शर्त बिना नै सहयोग गरिरहेको बताए ।

Advertisement
nepal life insurencenepal life insurence

विपद् तथा महामारीमा समेत जापानले उल्लेखनीय सहयोग गरेको जानकारी दिँदै मन्त्री खड्काले त्यहाँको विकासबाट नेपालले धेरै कुरा सिक्नुपर्नेमा जोड दिए । नेपाल–जापानबीच सन् १९५६ मा सम्बन्ध स्थापित भए पनि त्यसको दुई वर्षअघिदेखि नेपाललाई सहयोग गर्दै आइरहेको उनले जानकारी गराए । सुरुआती चरणमा जापानले शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिँदै समृद्ध मुलुक बन्न सफल जापानको क्रियाकलाप नेपालका लागि अनुशरण गर्न लायक रहेको मन्त्री खड्काले बताए ।

उनले अल्मुनाइसँग आबद्ध प्रतिनिधिलाई जापानमा सिकेको ज्ञान, सीप र क्षमताको भरपुर सदुपयोग गर्नसमेत आग्रह गरे । मन्त्री खड्काले भने, “तपाईहरु नेपालका लागि बौद्धिक सम्पत्ति हुनुहुन्छ, आर्थिक, सामाजिक तथा सांस्कृतिक राजदूत पनि हुनुहुन्छ, त्यसको सदुपयोग गर्नुपर्छ ।” उनले चाखलाग्दो इतिहास बोकेको जापानबाट धेरै कुरा सिक्न सकिने पनि बताए।

प्रतिक्रिया