जीविकोपार्जनका लागि आयस्राेतकाे माध्यम बन्दै आरन व्यवसाय

मुगु । मुगुका दलित लुहारहरूको जीविकोपार्जनको लागि परम्परागत आरन व्यवसाय आयस्रोतको माध्यम बनेको छ । देशभर आरन पेसा लोभ भइरहेको बेला मुगुमा भने दलितको सहारा बन्दै गइरहको हो ।
उमेरमा अरु काम गरेर घर चलाएका यहाँका दलित स्थानीयले वृद्ध अवस्थामा आरन चलाउने गरेका छन् ।अन्य काम गर्न नसकेपछि आरनको काम गरेर घरखर्च चलाउने गरेको उनीहरूको भनाइ छ । सोरु गाउँपालिका(७ का नन्दलाल लावड फरक क्षमताका व्यक्ति हुन् । शारीरिक रूपमा अपांग भए पनि लावडले आरनबाटै चार जनाको परिवार धानेका छन् ।
आरनबाट हात हतियारदेखि कृषि औजारहरु बनाउने गरिन्छ । तर, कामअनुसारको ज्याला पाउन नसकेको उनीहरूको गुनासो छ । आरनबाट औजार बनाउन एक घण्टा लाग्ने गरेको, तर एक घण्टाको ज्याला एक माना चालम पाइने गरेको आरन व्यवसायी बताउँछन्को । आफुसँग राम्रो खेतीयोग्य जमिन नभएकोले यहि पेसाको भरमा जीविका चलाउनु परेको उनीहरू बताउँछन् ।
यस्तै स्थानीय सरकार बनेपछि दुस्ख हटला भन्ने आशा थियो । तर, स्थानीय सरकारले यो पेसामा ध्यान नदिँदा दुस्ख लागेको उनीहरू बताउँछन् । साथै बजारीकरणको औजारले गर्दा पुख्यौली पेसा हराउँदै जाने होकि भन्ने उनीहरूको आशंका छ ।
















प्रत्यक्षतर्फ खोटाङका ११ उम्मेदवारको जमानत जफत
दोलखामा समानुपातिक मतमा पनि पहिलो भयो रास्वपा
समानुपातिकतर्फ करिब ९१ लाख मतगणना हुँदा कुन दलले कति पाए ?
राष्ट्रियसभाका नवनिर्वाचित सांसदले लिए शपथ
सर्लाही-४ : गगनभन्दा अमरेशले थप बढाए मतान्तर
इलाम–२ मा सुहाङको अग्रता कायमै
झापाका पाँचै निर्वाचन क्षेत्रमा मतान्तर बढाउँदै रास्वपा उम्मेदवार
कतारी नौसेना बहराइनमा सुरक्षित
प्रतिक्रिया