स्याङ्जाको डाँडाखर्कमा जीप दुर्घटना, ५ जनाको मृत्यु

वालिङ । स्याङ्जाको वालिङ नगरपालिका १२ डाँडाखर्कमा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । विहान साँढे १० बजे जीप दुर्घटनामा परेको हो ।
जीपमा सवार ११ मध्ये ४ जना घाइते भएको वडा प्रहरी कार्यालय वालिङमा कार्यरत एक प्रहरीले जानकारी दिए । दुर्घटनामा परी ५ जनाको मृत्यु भएको प्रहरीको भनाई छ ।
२ जनालाई उपचारका लागि पोखरा रिफर गरिएको छ ।
घटनास्थलमा रहेका पत्रकार प्रकाश डुम्रेका अनुसार, गाडी फिरफिरे स्कुल यताको माथिल्लो सडकबाट तल्लो सडकमा पछारिएर खरबारीमा पुगेको थियो ।
तल्लो सडकबाट झण्डै १०० मिटर तल खरबारीमा गाडी चिलाउनेको रुखमा अड्किएको छ ।
घटनाबारे पत्रकार प्रकाश डुम्रे भन्छन् :-
केही दिन यता गाउँमा नै भएकोले घटना घटेको ७/८ मिनेटमा दुर्घटनास्थलमा पुगेको थिए । घटनास्थल पुग्दा घाइतेको रुंवाबासी थियोे,घाइते छट्पटी रहेका थिए । कतै पानी- पानी कतै बचाउ- बचाउ भनिरहेका थिए ।
सबै चिनेका दाईहरु भाउजुहरुको अनुहार छ । घटनास्थलबाट प्रहरी लाई खबर गरे,एम्बुलेन्सलाई खबर गरे,वालिङ,झोलुङ्गे,बायाँटारी सबै तिर एम्बुलेन्सलाई फोन गरेर झण्डै ४५ मिनेट पछि यताउता सबै जुट्नु भयो । गाडी फिरफिरे स्कुल यताको माथिल्लो सडकबाट तल्लो सडकमा पछारिएर खरबारीमा पुगेको थियो ।
तल्लो सडकबाट झण्डै १०० मिटर तल खरबारीमा गाडी चिलाउनेको रुखमा अड्किएको छ ।
रगता्मय शरीर । कोहीको टाउकोमा,कोहीको अनुहारमा,कोहीलाई शरिरका विभिन्न भागमा चोट लागेको छ । अहिले सबैलाई निकालेर वालिङ स्वास्थ चौकी पठाईएको छ । गाडीमा ११ जना सबार हुनुहुन्थ्यो,गाउँकै गाडीमा वालिङ बजार जान हिडेका केही दाईहरुलाई गुमाएका छौँ । केहीको उपचार चलिरहेको छ ।
(यसअघि प्रकाशित समाचारमा असावधानीवश मृतकको संख्या ७ हुन गएकोमा गम्भिर क्षमायचना गर्न चाहान्छौं । सम्पादक)














बागलुङमा जनमोर्चा र नेकपाबीच तालमेलगर्ने सहमति
कुलमान घिसिङ काठमाडौं- ३ बाट उम्मेदवार बन्ने
सिरहामा ५३१ मतदान केन्द्र कायम, चार लाख ५३ हजार मतदाता
एमालेबाट काठमाडौँ क्षेत्र नं ५ मा ईश्वर पोखरेल उम्मेदवार
टी-२० विश्वकप खेल्न जाने नेपाली पुरुष क्रिकेट टिमको बिदाइ
नेपाली अलराउन्डर क्रिकेट खेलाडी गुलशन झालाई एस जिको एकवर्षे प्रायोजन
प्रधानमन्त्री कप पुरुष क्रिकेट छनोट प्रतियोगिता सुरु
अमेरिकन डलरको मूल्य बढ्यो, आज कतिमा हुँदैछ काराेबार ?
प्रतिक्रिया