मंगलबार, माघ ६, २०८२

अभिनेता पल शाहको पक्षमा पीडित नाबालिगले दिइन् बयान

मेरोन्यूज २०७९ वैशाख ४ गते १७:२८

काठमाडौँ । नाबालिग गायिकालाई बलात्कार गरेको अभियोगमा थुनामा रहेका अभिनेता पल शाहको पक्षमा पीडितले बयान दिएकी छन् ।

Advertisement
thakur moters insidethakur moters inside

जिल्ला अदालत तनहुँ र नवलपुर दुवैको आदेशले पुर्पक्षका लागि थुनामा गएका नाबालिगले ‘होस्टाइल’ हुँदै बयान फेरेकी हुन् ।

अदालतले थुनछेक आदेशपछि बकपत्र गराइरहेको छ । त्यस क्रममा जिल्ला अदालत तनहुँमा जारी बकपत्रका क्रममा पीडित भनिएकी नाबालिगले बयान फेरेकी हुन् ।

स्रोतका अनुसार उनले आफूलाई पलबाट बलात्कार नभएको बताउँदै प्रभाव र दबाबमा परेर त्यस्तो आरोप लगाएको अदालतसमक्ष बताएकी छन् ।

प्रतिक्रिया