सशस्त्रको एआईजीमा राजु अर्याललाई बढुवा गर्न सिफारिस

काठमाडौँ । सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी)मा राजु अर्याल सिफारिस भएका छन् । आज बसेको बढुवा समितिको बैठकले उनलाई बढुवा गर्ने निर्णय गरेको स्रोतले जनाएको हो ।
उक्त पदका लागि चार जना नायव महानिरीक्षक (डीआईजी)ले दाबी गरेका थिए । पुष्पराम केसीको बढुवासँगै रिक्त भएको सो पदका लागि चार जना डीआईजीले दाबी गर्दै आएका हुन् ।
डीआईजीहरु राजु अर्याल, नारायण दत्त पौडेल, सिपी गौतम र बंसिराज दाहाल एआईजी बन्नका लागि दाबी गरे पनि अर्याल सिफारिस भएका हुन् ।
गत साल चैत ३० गते सशस्त्रका नवनियुक्त महानिरीक्षक पुष्पराम केसीले रिक्त रहेको एआईजी बढुवाका लागि तीनदिने सूचना निकालेका थियो ।
महानिरीक्षकले जारी गरेको सूचनामा शैक्षिक योग्यतासहित बढुवा प्रयोजनका लागि आवश्यक कागजपत्रको माग गरेको थियो । सोही मागअनुरुप चार जना डीआईजीले एआईजी बन्ने दाबीसहित कागजपत्र बुझाएका थिए ।
















बालबालिकामा पोषण अवस्था लेखाजोखा गर्न पाखुरा नाप्ने अभियान सुरु
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
लिग–२ : ओमानविरुद्ध टस हारेर पहिला फिल्डिङ गर्दै नेपाल
अमेरिकाको ड्यालसमा दूतावास स्थापना भएपछि पहिलोपटक घुम्ती शिविर, २७२ नेपालीले लिए सेवा
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
मनोहराका सुकुम्बासी बस्ती भत्काउने काम जारी (तस्बिरहरु)
पेस्तोल र गोलीसहित सालीनदी किनारबाट २ जना पक्राउ
दिल्ली विमानस्थलमा स्विस विमानको इन्जिनमा आगलागी, ६ जना घाइते
प्रतिक्रिया