सशस्त्रको एआईजीमा राजु अर्याललाई बढुवा गर्न सिफारिस

काठमाडौँ । सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी)मा राजु अर्याल सिफारिस भएका छन् । आज बसेको बढुवा समितिको बैठकले उनलाई बढुवा गर्ने निर्णय गरेको स्रोतले जनाएको हो ।
उक्त पदका लागि चार जना नायव महानिरीक्षक (डीआईजी)ले दाबी गरेका थिए । पुष्पराम केसीको बढुवासँगै रिक्त भएको सो पदका लागि चार जना डीआईजीले दाबी गर्दै आएका हुन् ।
डीआईजीहरु राजु अर्याल, नारायण दत्त पौडेल, सिपी गौतम र बंसिराज दाहाल एआईजी बन्नका लागि दाबी गरे पनि अर्याल सिफारिस भएका हुन् ।
गत साल चैत ३० गते सशस्त्रका नवनियुक्त महानिरीक्षक पुष्पराम केसीले रिक्त रहेको एआईजी बढुवाका लागि तीनदिने सूचना निकालेका थियो ।
महानिरीक्षकले जारी गरेको सूचनामा शैक्षिक योग्यतासहित बढुवा प्रयोजनका लागि आवश्यक कागजपत्रको माग गरेको थियो । सोही मागअनुरुप चार जना डीआईजीले एआईजी बन्ने दाबीसहित कागजपत्र बुझाएका थिए ।














बागलुङमा जनमोर्चा र नेकपाबीच तालमेलगर्ने सहमति
कुलमान घिसिङ काठमाडौं- ३ बाट उम्मेदवार बन्ने
सिरहामा ५३१ मतदान केन्द्र कायम, चार लाख ५३ हजार मतदाता
एमालेबाट काठमाडौँ क्षेत्र नं ५ मा ईश्वर पोखरेल उम्मेदवार
नेपाली अलराउन्डर क्रिकेट खेलाडी गुलशन झालाई एस जिको एकवर्षे प्रायोजन
टी-२० विश्वकप खेल्न जाने नेपाली पुरुष क्रिकेट टिमको बिदाइ
प्रधानमन्त्री कप पुरुष क्रिकेट छनोट प्रतियोगिता सुरु
अमेरिकन डलरको मूल्य बढ्यो, आज कतिमा हुँदैछ काराेबार ?
प्रतिक्रिया